झापामा एक महिलाको शव भेटिएको छ। झापाको मेचीनगर नगरपालिका-५ पिपल डाँडा बस्ने ६८ वर्षीया अम्बिका कुँवरको शव मृत अवस्थामा फेला परेको हो।
बुधबार अन्दाजी ४ बजेको समयमा घरबाट घाँस काट्न भनि हिँडेकी कुँवर साँझसम्म पनि घर नफर्किएपछि खोज तलास गरिएकाे थियाे।
खाेजीकै क्रममा बुधबार साँझ ७ः४५ बजे घरदेखि २०० मिटर पश्चिम दक्षिणमा रहेको लिलाराज देवकोटाको बाझो खेतमा अम्बिका मृत अवस्थामा देखेपछि उनकाे जगत कुँवरले प्रहरीलाई खबर गरेका थिए।
खबर पाउने बितिकै घटनास्थल पुगेर प्रहरीले शव उठाएकाे हाे।
घटनाको अनुसन्धानका क्रममा मेचीनगर नगरपालिका-५ का २७ वर्षीय रण बहादुर बस्नेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मृतक शवको कानुनी प्रक्रिया पुरा गरी पोष्टमार्टमको लागि स्वास्थ्य विधिविज्ञान प्रयोगशाला धरान पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।