संखुवासभामा बस दुर्घटना : १३ जनाको मृत्यु, ५ को जिवितै उद्धार (अपडेट)

सङ्खुवासभाको मादीबाट झापाको दमक जाँदै गरेको यात्रुबाहक बस आज बिहान मादी नगरपालिका–६ को पुलुड्ड स्थित सात घुम्तिमा दुर्घटना दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ।

अहिलेसम्म दुर्घटनामा मृत्यु भएका १३ जनाको शव निकालिएको प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए। उनका अनुसार मृत्तकको पहिचान भने भएको छैन । दुर्घटनामा पाँच जनाको जिवितै उद्धार गरिएको छ।

स्थानीयका अनुसार बसमा करिब १९ देखि २१ जना यात्रु थिए। बस सडकबाट करिब तीन सय मिटर तल खसेको जनाइएको छ।

दुर्घटनामा कति जनाको ज्यान गयो भन्ने विवरण सङ्कलन भइरहेको उनले जानकारी दिए। क्षतिको यकिन विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुवेदीले बताए। 

प्रकाशित मिति: : 2022-03-10 09:58:00

प्रतिकृया दिनुहोस्