माओवादी र समाजवादीलाई चुनाव : कांग्रेसको आडमा जित, नभए अनिश्चित

पहिलोपोष्ट

काठमाडौं

 सत्ता गठबन्धनभित्र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उठाएको पछिल्लो विषय हो, प्रतिनिधिसभाको विघटन। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल पनि प्रचण्डको प्रस्तावमा सहमत नै छन्। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)लाई तह लगाउन प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमा जानुपर्छ भन्ने प्रचण्ड - नेपालको माग।

तर, उनीहरुको प्रस्तावमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले 'ग्रिन सिग्‍नल' दिइसकेका छैनन्। एमालेले अघिल्लो र चालु गरी दुवै अधिवेशनमा आफ्नो अवरोध जारी राखेको छ। एमालेको अवरोध हटाएर सदन चलाउन सत्ता गठबन्धनमाथि चुनौति छ।

चुनावको भयले विघटनको प्रस्ताव !

प्रतिनिधिसभा विघटन गरेर चुनावमा जाने माओवादी केन्द्र र समाजवादीको प्रस्तावका पछाडि एमालेको अवरोधले मात्रै काम गरेको भने होइन। २०७९ सालमा हुने तीनै तहको निर्वाचनमा गठबन्धन कायम गर्ने प्रचण्ड-नेपालको रणनीतिस्वरुप उक्त प्रस्ताव आएको गठबन्धनका नेताहरु बताउँछन्।

प्रकाशित मिति: : 2022-03-09 20:28:00

प्रतिकृया दिनुहोस्