अमेरिकाकी रविना थापाले गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न १०औं महाधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएकी छन्।मंगलबार बिहान एनआरएन केन्द्रीय कार्यालय बालुवाटारमा पुगेर निर्वाचन समितिमा उनले उम्मेदवारी दर्ता गराएकी हुन्। थापा, वर्तमान कार्यसमितिकी उपाध्यक्ष हुन्।
११२औं अन्तर्राष्ट्रिय महिला दिवशको अवसर पारेर उनले उम्मेद्वारी दर्ता गराएर सांकेतिक अर्थ दिएकी छिन्। एनआरएनको अध्यक्ष पदका लागि उम्मेद्वारी दर्ता गराउने रविना पहिलो महिला हुन्। उनको निर्वाचन क्याम्पेनले पटक पटक पुरूषलाई, यसपटक महिलालाई भन्ने नारा अगाडि सारेको छ।
गत महाधिवेशनमा कांग्रेसको तर्फबाट अध्यक्षमा उम्मेद्वार भएर पराजित भएका कुल आचार्य अहिलेकै अवस्थामा चुानवमा सहभागी नहुने भनेर संसारभरका एनआरएन कांग्रेसजनलाई भड्काइरहेका बेला राजनीतिक आस्थाका हिसाबले कांग्रेस नजिक रहेकी थापाको उम्मेद्वारी दर्ता भएको छ। यसबाट कुल आचार्यको सके संस्था कब्जा गर्ने, नसके चुनाव नै भाड्ने रणनीति रक्षात्मक अवस्थामा पुगेको छ।
एनआरएनमा कांग्रेसको समर्थन जुटाउन आचार्य र थापा दुबै यतिबेला काठमाडोैंमा छन् र कांग्रेसी नेताहरूकोमा आफूलाई आधिकारिकता दिन लविइङ गरिरहेका छन्। कांग्रेसमा कुल आचार्यको लविइङ ठूलो भए पनि जुझारू थापाले कुनै पनि हालतमा आचार्यमा नछोड्ने बताउँदै आएकी छिन्। आचार्यलाई यसअघि नै मौका दिएको र उनी पराजित भैसकेकाले सधैंभरि एकैजनालाई उम्मेद्वार बनाइरहन नसकिने उनले बताउँदै आएकी छिन्।
११२औं अन्तर्राष्ट्रिय महिला दिवशको अवसर पारेर उनले उम्मेद्वारी दर्ता गराएर सांकेतिक अर्थ दिएकी छिन्। एनआरएनको अध्यक्ष पदका लागि उम्मेद्वारी दर्ता गराउने रविना पहिलो महिला हुन्। उनको निर्वाचन क्याम्पेनले पटक पटक पुरूषलाई, यसपटक महिलालाई भन्ने नारा अगाडि सारेको छ।
रविना केही गर्न चाहने विद्रोही स्वभावकी महिला हुन् । उनले अमेरिकाको संस्थापन एनआरएनलाई धेरैपटक अदालतमा लगेर मनपरि गर्नबाट रोक्ने प्रयास गरेकी थिइन्।
आगामी मार्च २४ र २५ तारिख हुने एनआरएनको निर्वाचनका लागि साेमबारदेखि सुरु भएको उम्मेदवारी दर्ता ११ मार्चसम्म जारी रहने जनाइएको छ। ५१ सदस्यीय कार्यसमितिका लागि अहिलेसम्म करिब डेढ दर्जन उम्मेदवारी परिसकेको निर्वाचन समितिको कार्यालयले जनाएको छ।
अध्यक्षमा महासचिव डा. बद्री केसीले सोमबार नै उम्मेद्वारी दर्ता गराइसकेकाले अब उपाध्यक्ष थापा र महासचिव केसीबीच आम्नेसाम्ने हुने भएको छ। उम्मेद्वारी घोषणा गरिसकेका कुल आचार्य भने अझै पनि सके संस्था कब्जा गर्ने, नसके चुनाव नै भाड्ने रणनीतिमा देखिन्छन्। तर, थापाको उम्मेद्वारीसँगै अब उनको यो रणनीति अरू अप्ठ्यारोमा परेको छ।