सल्यानमा बाँस काट्न भन्दै घरबाट निस्किएका पुरुष ४ दिनपछि मृत फेला

Symbolic photo
Symbolic photo

सल्यानमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्। कपुरकोट गाउँपालिका वडा नं. २ भकम गाउँ निवासी ६४ वर्षीय मेवालाल नेपाली शनिबार बिहान ९ बजे मृत अवस्थामा फेला परेका हुन्।

उनी सोही गाउँकै फुर्केमेल सामुदायिक वनमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी नायव निरीक्षक अर्जुन पौडेलले जानकारी दिए। उनका अनुसार मृत फेला परेका नेपाली बुधबार घरबाट बाँस काट्न भन्दै निस्किएका थिए।

तर बाँस काट्न भन्दै निस्किएका नेपाली घरमा नआएपछि खोजी गरिदिन प्रहरीलाई आफन्तले खबर गरेका थिए। त्यसपछि ईलाका प्रहरी कार्यालय ल्वाम, प्रहरी चौधी कपुरकोटबाट खटिएको प्रहरी टोली र स्थानीले शनिबार बिहान सामुदायिक वनमा नेपालीलाई मृत अवस्थामा फेला पारेको सूचना अधिकारी तथा प्रहरी नायव निरीक्षक पौडेलले बताए।

उनका अनुसार नेपालीको मृत्यु हुनुको कारण भने खुल्न सकेको छैन। तर प्रहरीको प्रारम्भीक अनुमानमा उनी बाँस काट्न वनमा जानेक्रममा लडेर मृत्यु भएको हुन सक्ने आँकलन गरिएको छ। मृत फेला परेका नेपालीको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा राखिएको छ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको सल्यान प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: : 2022-03-05 17:12:00

प्रतिकृया दिनुहोस्