पछिल्लो तीन वर्षमा भारत तस्करी हुँदै गरेको ३३२.२८७ केजी चाँदी प्रहरीले बरामद गरेको छ । सबैभन्दा धेरै गत आर्थिक ०७७/७८ मा १५१.२०९ केजी बरामद भएको छ ।
त्यस्तै, आव ०७५/७६ मा ११५.२४५ केजी र आव ०७६/७७ मा ६५.८३४ केजी बरामद भएको प्रहरीले जनाएको छ । कर्णालीबाहेक सबै प्रदेशबाट चाँदी तस्करी हुने गरेको प्रहरी तथ्यांकले देखाउँछ । पछिल्ला तीन वर्षमा सबैभन्दा धेरै मधेस प्रदेशबाट २१६.४३ केजी तस्करीको चाँदी बरामद भएको छ ।
त्यस्तै, लुम्बिनी प्रदेशबाट ४७.३१३ केजी, बागमतीबाट ४१.१२३ केजी, काठमाडौं उपत्यकाबाट १५.५० केजी, सुदूरपश्चिमबाट १० केजी, गण्डकीबाट १.४१० केजी र प्रदेश १ बाट ८९८ ग्राम तस्करीको चाँदी बरामद भएको प्रहरीले जनाएको छ ।