गरीबका किड्ने बेच्ने लामा पक्राउ

गरिबीकाे फाइदा उठाउँदै माेटाे रकमको प्रलाेभन दिएर मृर्गाेला (किड्नी)को तस्करी गर्ने मकवानपुरका एक व्याक्ति पक्राउ परेका छन्।

हेटाैँडा घर भइ हाल काठमाडाैँ बस्दै आएका ३९ वर्षीय मोती लामालाई प्रहरीले पक्राउ गरेको हाे।

आर्थिक अवस्था कमजोर भएका विभिन्न व्याक्तिलाई मोटो रकमको लोभ देखाएर भारत पुर्‍याएर मानिसकाे किड्नी बेचविखन गर्ने लामालाई महागरीय प्रहरी वृत्त बालाजुले पक्राउ गरेको हो।

उनले दुई जनालाई भारततर्फ लैजाने तयारी गरेका बेला प्रहरीले पक्राउ गरेको थियाे।

लामो समयदेखि लामाले यसैगरी किड्नीको तस्करी गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। उनले पीडितहरुलाई ‘दुई वटा किड्नी हुन्छ, एउटा निकाल्दा केही फरक पर्दैन भन्दै प्रतिकिड्नी ८ लाख रूपैयाँ रकम आउने’ भन्दै लोभ देखाएर किड्नको कारोबार फैलाएको प्रहरीले उद्धार गरेका पीडितहरुले बयानमा भनेका छन्।

पक्राउ परेका लामालाई प्रहरी थुनामा राखेर आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2022-03-04 12:39:00

प्रतिकृया दिनुहोस्