चिडियाखानाका बाघलाई दैनिक २५ किलोसम्म राँगाको मासु (भिडियोसहित)

बाह्रखरी

काठमाडाैँ

काठमाडौं । ललितपुरस्थित चिडियाखानामा रहेका बाघलाई दैनिक २५ किलोसम्म राँगाको मासु खुवाउने गरिएको पाइएको छ ।

चिडियाखानामा रहेका सबै जनावरलाई आवश्यक पर्ने माछा, मासु, फलफुल दैनिक खरिद गर्ने गरिएको छ ।

चिडियाखानाभित्र रहेको पेलिकन चरा भने खाना खाने समय भएपछि आफैँ किचनमा गएर खाने गर्दछ । बाघलाई दैनिक २५ किलोसम्म राँगाको मासु उपलब्ध गराइन्छ भने रेड पान्डालाई फलफुल र अण्डासहित चराचुरुङ्गीहरुलाई मकै, सानो केराऊ, गहुँ, चामल, सोयाबिनको व्यवस्था गरिन्छ ।

प्रकाशित मिति: : 2022-03-03 20:24:00

प्रतिकृया दिनुहोस्