पल शाह प्रकरणमा भिड भड्काउँदै 'कलाकार' : कानुन कुल्चिँदै प्रदर्शन, रमिते बन्दै प्रहरी र प्रशासन

पहिलोपोष्ट

काठमाडाैँ

कलाकार पूजा शर्मा र निर्देशक शोभित बस्नेत बुधवार दिउँसो जिल्ला प्रहरी कार्यालय तनहुँ पुगे। उनीहरू पुग्ने सुइँको केहीले पाइसकेका थिए। युट्युबमा 'मनिटाइज' गर्न पल्किएकाहरु देखि लाइक र भ्यूज बटुल्ने होडमा मानिसहरु त्यहाँ पुग्नेक्रम बढ्यो। रिलमा देखिने कलाकारलाई रियलमा देख्न  पाउने लोभले पनि मानिसहरु तनहुँतिर तानिए। भिड देखेपछि खुल्दुली मेट्न त्यही भिडमा थपिनेहरु पनि हुने नै भए।

दुई कलाकार जिल्ला प्रहरी कार्यालय तनहुँ पुग्दा जम्मा भएको भिड एकाएक उत्तेजित भयो। प्रहरीको हिरासतमा रहेका अभियुक्त पूर्ण विक्रम शाह उर्फ पल शाहको पक्षमा नाराबाजी सुरु भयो - 'पल शाहलाई रिहा गर', 'जस्टिस फर पल शाह'। 

भिडले निर्देशित गरेपछि पूजा शर्मा र शोभित बस्नेतले हात उठाएर सम्बोधन गर्दै प्रहरी कार्यालयतिर हानिए। उनीहरुको सम्बोधन भिड भड्काउन पर्याप्त थियो। अभियुक्तको पक्षमा नाराबाजीसँगै … मुर्दावादका नारा पनि गुञ्जिए। 

प्रकाशित मिति: : 2022-03-03 20:20:00

प्रतिकृया दिनुहोस्