अवैध करिव १६ लाख जापानी येन सहित एक जना विमानस्थलबाट पक्राउ

File photo
File photo

अवैध रूपमा लुकाई वाहिरी मुलुकतर्फ लैजान लागेको १५ लाख ९० हजार जापानी येन सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा स्याङ्जा मिर्मी गाउँपालिका–६ पालिचौर स्थायी ठेगाना भएका ४८ वर्षीय रेस्म राज भट्टराई रहेका छन्। उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो। सिङ्गापुर एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट सिङ्गापुर हुँदै जापान जान लागेका भट्टराईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरीएको प्रहरीले जनाएको छ। 

उनलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्व अनुसन्धान बिभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ।
 

प्रकाशित मिति: : 2022-03-03 18:09:00

प्रतिकृया दिनुहोस्