अर्घाखाँचीको मालारानीमा खनमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
मालारानी गाउँपालिका–४ पखेरामा लु ४ प २७९१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सोही वडाका स्थानीय २७ वर्षीय कमल बिक(प्रेम)को मृत्यु भएको हो।
ट्याक्टर दुर्घटनामा घाइते भएका उनको उपचारको क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय खनले जनाएकाे छ।
ट्याक्टरमा चालकसहित ३ जना सवार रहेकोमा एक जना घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।