यस्ताे छ पशुपतिमा शिवरात्रिकाे राैनक (तस्बिरहरू)

शनि शाक्य

काठमाडौं

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी मंगलबार देशभर मनाइँदैछ।

महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा भक्तजनकाे घुइँचो लागेको छ। आज बिहानैदेखि पशुपतिनाथमा भक्तजनले दर्शन गर्नेक्रम जारी छ।

पूजा गर्नका लागि ३ बजेदेखि नै पशुपतिका चारवटै ढोका खोलिएको छ। भक्तजनहरूले घण्टौंसम्म लाइनमा बसेर पूजा गर्नक्रम जारी छ।

महाशिवरात्रिका अवसरमा आज पशुपतिनाथ मन्दिरभित्र गई १० लाख भक्तजनले दर्शन गर्न सक्ने गरी व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। पशुपति क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको छ।

प्रकाशित मिति: : 2022-03-01 12:27:00

प्रतिकृया दिनुहोस्