एमसीसी पारित गर्ने एकीकृत समाजवादीको निर्णय

File Photo
File Photo

नेकपा (एकीकृत समाजवादी)ले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) व्याख्यात्मक टिप्पणीसहित संसदबाट अनुमोदन गर्ने निर्णय गरेकाे छ।

नयाँ बानेश्वरमा बसेको एकीकृत समाजवादीको बैठकले एमसीसी पारित गर्ने निर्णय गरेको पार्टी सचिव रामकुमारी झाँक्रीले जानकारी दिइन्।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले एमसीसी सम्झौतालाई व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने निर्णय गरेको थियो।

नेकपा माओवादी केन्द्रले पनि व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्ने निर्णय गरिसकेकाे छ।

यसअघि कांग्रेसबाहेक गठबन्धनमा रहेका दलहरुले एमसीसी अनुमोदन गर्ने सम्बन्धमा स्पष्ट निर्णय नलिइसकेका कारण संसद्मा टेबल भए पनि एमसिसीसम्बन्धी प्रस्तावमाथि छलफल हुन सकेको थिएन।

दलहरुबीच विभिन्न चरणका छलफल र बहसपछि प्रतिनिधिसभाको आइतबारको बैठकमा ‘नेपाल सरकार र एमसीसीबीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस्’ भन्ने कार्यसूची तय गरिएको छ।

प्रकाशित मिति: : 2022-02-27 14:55:00

प्रतिकृया दिनुहोस्