कोरोनाविरुद्धको खोप लगाउनेको सङ्ख्या एक लाख ४२ हजार नाघेको छ। स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति चन्दन सुवेदीका अनुसार जिल्लामा एक लाख ४२ हजार ६२९ जनाले खोपको पहिलो मात्रा लगाएका हुन्य।यस्तै बुस्टर डोज भने चार हजार ३०१ जनाले मात्र लगाएका छन्। सदरमुकामस्थित दशरथचन्द नगरपालिकाका २४ हजार ३९९ ले खोपको पहिलो मात्रा र २२ हजार ६९५ ले पूर्ण खोप लगाएका छन्। यस्तै पाटन नगरपालिकाका १६ हजार १७ले खोपको पहिलो मात्रा र २६ हजार ४९५ जनाले पूर्ण खोप लगाएका छन्। पुर्चौंडी नगरपालिकाका २१ हजार ३४०ले पहिलो र १८ हजार ४६३ जनाले पूर्ण खोप लगाएका छन्।
यसैगरी मेलौली नगरपालिकाका १३ हजार ७८५ले पहिलो मात्रा र १० हजार ८४१ जनाले पूर्ण खोप लगाएका छन्। डिलाशैनी गाउँपालिकाका १७ हजार ७३३ ले पहिलो मात्रा र ८ हजार ४४३ जनाले पूर्ण खोप लगाएका छन्।
दोगडाकेदार, सुर्नया पञ्चेश्वर, शिवनाथ, सिगास गाउँपालिकाका बासिन्दाले पनि पहिलो खोप लगाइसकेका र पूर्ण खोप गउनेहरूको संख्या पनि बढदै गएको बताइएको छ। जिल्लामा १२ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्ध खोप दिने कार्य जारी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। सरकारले यसअघि खोप लगाउन छुटेको सबै नागरिकलाई खोप लगाउनसमेत अनुरोध गरेको र सबै स्थानीय तहबाटे खोप अभियान निरन्तर चलिरहेको बताइएको छ।