नेपाल एसोसिएसन युएईको प्रथम साधारणसभा मार्च १३ मा हुने

Breaknlinks
Breaknlinks

युएईमा वैधता प्राप्त गरेको नेपाली सामुदायिक संस्था नेपाल एसोसिएसन युएईको प्रथम साधारणसभा आगामी मार्च १३ तारिख हुने निश्चित भएको छ।

काेराेना महामारीका कारण विगतमा स्थगन गरिएको साधारणसभा मार्चमा हुने निश्चित भएसंगै एसोसिएसनले नयाँ नेतृत्व (बिओडी) चयनका लागि नोमिनेसन आव्हान गरेको छ।

युएईका सामुदायिक संघसंस्थाहरुलाई नियमन गर्ने सरकारी निकाय सामुदायिक विकास प्राधिकरण (सिडिए) बाट अनुमती लिएर एसोसिएसनले आफ्ना सदस्यहरुलाई बिओडीमा नोमिनेसनका लागि मार्च ३ तारिखसम्मको समय दिएको छ।

युएईमा अप्ठ्यारोमा परेका नेपालीहरुलाई उद्दार एवम् सहयोगका साथै कानुनी सहायताका लागि समेत क्रियाशिल नेपाल एसोसिएसनमा अहिले झन्डै ११ सय नेपाली आवद्ध छन्।

एसोसिएसनले जारी गरेको 'गोल्ड' र 'सिल्भर' सदस्यता लिएका हरेक सदस्यहरुले संस्थाको नयाँ नेतृत्वमा आउन अनलाईनमार्फत आवेदन दिन सक्ने एसोसिएसनका अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिएका छन्।

साधारणसभाको अवसरमा एसोसिएसनको लोगो डिजाईन गर्ने दिनेस सुवेदीलाई पुरस्कार हस्तान्तरण गरिनुका साथै एसोसिएसनका विभिन्न अंगमा रहि योगदान पुर्‍याउने व्यक्तिहरुलाई सम्मान समेत गरिने अध्यक्ष श्रेष्ठले बिएल नेपाली सेवालाई जानकारी दिएका छन्।

प्रकाशित मिति: : 2022-02-27 09:36:00

प्रतिकृया दिनुहोस्