प्रधानमन्त्रीलाई ओलीको वचन– एमसिसी फेलैचाहिँ हुन दिइन्न

नयाँ पत्रिका दैनिक

शुरोजंग पाण्डे/दिपेश शाही

सत्तागठबन्धनमै रहेका दलहरूबाट एमसिसीमा सहयोग नपाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ समीकरणका लागि प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी ओलीसँग ‘निर्णायक’ संवाद थालेका छन्। ओलीले पनि साझा सहमति बने एमसिसी फेल हुन नदिने वचन दिएका छन्।

संसदबाट एमसिसी अनुमोदन गर्न सत्तागठबन्धनमै रहेका दलहरूबाट सहयोग नपाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्षी एमालेसँग ‘निर्णायक’ संवाद थालेका छन्। एमाले अध्यक्ष केपी ओलीले पनि ‘एमसिसी फेल हुन नदिने’ वचन दिएका छन्। सभामुखको विकल्प खोज्ने र एमसिसी अनुमोदन गर्ने गरी प्रधानमन्त्री देउवाले एमालेसहितको नयाँ गठबन्धन बनाउने पहल थालेका हुन्।

प्रकाशित मिति: : 2022-02-25 07:07:00

प्रतिकृया दिनुहोस्