नेपालकी पहिलाे महिला डाेजर अपरेटर हुन्, मुना घिमिरे श्रेष्ठ। महिला–पुरूष बराबर हुन्, उनीहरू समान काम गर्न सक्छन्, भन्ने उक्तिलाई आत्मासात गर्दै उनी डाेजरलगायतका हेभी इकुप्मेन्टकाे चालक बन्न अगाडि सरेकाे २४ वर्ष बढी भयाे।
त्याे बेलाकाे नेपाली समाज, महिलाहरू चुलाे चाैकाेबाट भर्खरै बाहिर आएर आफ्नाे हक/अधिकारकाे लागि आवाज उठाउन तम्सिएका भए पनि पुरूषले सरह काम गर्न पनि पछाडि हट्नु हुन्न भन्ने चेत कमैमा थियाे। त्यही कमै महिला मध्येकी एक थिइन्, उनी। त्यसैले उनी ‘म पनि डाेटर चलाएर गाडी हिँड्ने बाटाे सँगै आफ्नाे जीवनकाे बाटाे खन्छु’ भन्ने अठाेट लिएर अगाडि बढेकी थिइन्, त्यतिबेला।
मानिसलाई बाध्यताले मात्रै विशाल चुनाैतीसँग लड्ने ठाउँमा पर्याउँछ। मुनालाई पनि गरिबीले विशाल चट्टानसँग लड्ने मार्गमा डाेर्याएकाे थियाे। गरिबीकाे दलदलमा फसेकाे उनकाे परिवार, कम्जाेर आर्थिक अवस्था भएका मानिसलाई समाजले हेर्ने नजरमा पनि विभेद हुन्छ भन्ने उनले बाल्यकालमै बुझेकी थिइन्। त्यसैले कक्षा ९ सम्म पुगेकाे पढाइलाई तिलाञ्जलि दिएर उनी कामकाे खाेजीमा हिँडिन्। गाेरखाकाे गाउँमा जन्मिएकी केटी काठमाडाैँमा गल्लीहरूमा संघर्ष गरेर सुन्दर जीवनकाे सपनालाई साकार पार्न खाेज्नु चानचुने कुरा थिएन। खाली खुट्टा जागिरकाे खाेजीमा काठमाडाैँका साँधुरा गल्लीमा कति डुलिन्–डुलिन्। तर, पनि उनले हिम्मत हारिनन्।
गाउँमा हुँदा जलविद्युत आयाेजनाकाे काम गर्दा विभिन्न मेसिनहरूले काम गरेकाे देखेकी थिइन्, मुनाले। त्यतिबेला उनलाई पनि डाेजर हाँक्ने रहर लग्थ्याे। राजधानीका गल्लीहरूमा कामकाे खाेजीमा भाैतारिँरहँदा मुनाकाे दिमागमा बाल्यकालकाे डाेजर चलाउने रहर पुनर्तागी भइरहन्थ्याे। बुढीगण्डकी जलविद्युत आयाेजनाकाे काम चलिरहँदा मेसिनले कसरी काम गर्छ भनेर हेरिरहन्थिन्। साेच्थिन्,‘मैले पनि मेसिन चलाउने पाए पनि हुन्थ्याे।’
उनले आफ्नाे चाहनाअनुरूप डाेजर अपरेटरकाे तालिम लिन लागिन्। ‘छाेरी मान्छेले डाेजर हाँक्ने ? कस्ताे नचाहिने कुरा गरेकाे ?’ उनी माथि याे प्रश्न बारम्बार आइरहन्थ्याे। त्यसमाथि डाेजर हाँक्ने जस्ताे चुनाैतीपूर्ण काम। तर, पनि उनी पछाडि हट्ने कुरा थिएन।
‘मैले डाेजर सिक्न लाग्दा धेरैले किन यस्ताे काम गर्न लागेकी ? याे काम त महिलाले गर्ने हाेइन अरू गर भनेर धेरैले भनिरहन्थे तर गरिबीले याे काम गर्ने हुने त्याे गर्ने हुने भन्ने रहिन्छ, सबै कुराकाे वेवास्ता गरेर काम गरिरहेँ,’ मुनाले २४ वर्ष अगाडिकाे कुरा सुनाइन्।
संसारमा कुनै पनि काम महिला वा पुरूषले मात्रै गर्नुपर्छ भन्ने नहुने मुनाकाे भनाई छ। उनकाे उमरले अहिले दुई दशक काट्न लाथ्याे। यहाँसम्म आइपुग्दा उनले धेरै दुख कष्टकाे सामना गरेकी छिन्। सुरूमा काम गर्न घरबाट बाहिर जाँदा समाजका तुच्छ भन्दा तुच्छ गाली सुनेकी थिइन्, मुनाले। ‘तेरि छाेरी बिग्रिन थालि यसलाई घरबाट निस्कन नदिनुहाेस्’ भनेर समाजका मानिसले उनकाे बुबा–आमालाई भनिरहन्थे।
‘छोरा र छोरी बीचको विभेदले नेपाली समाजमा नराम्रोसँग जरा गाडेको छ तर छोरीले पनि छोरासरह काम गर्न सक्छ भन्ने कुरा समाजले कहिल्यै स्वीकार गरेन्,’ उनले भनिन्‘हुन सक्छ सोच्ने क्षमता, भावनाका कुरामा छोराछोरी बीचमा फरक छ तर कामका कुरामा छोराछोरी भन्ने फरक छैन, फरक त केबल हाम्रो सोचाईमा छ। छोरा मान्छेले गर्न सक्ने काम छोरी मान्छेले गर्न नसक्ने हुँदैन।’
उनले भारतका गुजरातमा बसेर करिब तीन वर्षसम्म डाेजर अपरेटरकाे काम गरिन्। त्यहाँ काम गर्दा धेरैकाे समार्थन पाएकाे उनी बताउँछिन्।
‘नेपालमा मात्रै रहिछ, छाेराछाेरीबीच विभेद हुने। भारमा रहँदा मैले त्यस्ताे पाइनँ,’ उनले भनिन्, ‘त्यहाँ काम गर्दा मैले धेरैकाे समर्थन पनि पाएँ। मलाई जनता फण्डले ‘बेस्ट लेडी’काे रूपमा सम्मान पनि गर्याे।’
मुनाकाे विवाह गाेरखाकै राजु श्रेष्ठसँग भएकाे छ। उनका श्रीमान पनि डाेजर अपरेटर र इकुप्मेन्ट व्यावसायी हुन्। श्रीमान श्रेष्ठलाई मुनाले नै हाे, डाेजर चलाउन सिकाएकी।
कठिन परिस्थितका कारण बाल्यकामा पढाइलाई विश्राम दिएकी उनले पुन: सुरू गरेर सरकारी जाखिर समेत खान भ्याएकी छिन्। उनी हाल नेपाल सरकारी कर्मचारीकाे रूपमा काम गरिरहेकी छिन्।
‘वर्षातको समयमा काम गर्न खतरापूर्ण हुन्छ। सरकारले हामीलाई काम गर्ने सहज बनाइदिनुपर्छ,’ उनले भनिन्,‘विकटभन्दा विकट ठाउँमा काम हुन्छ। कहिले माथिबाट ढुङ्गा खसिरहेको हुन्छ, तलबाट पहिरो बगिरहेको हुन्छ। ज्यानसमेत जोखिममा राखेर काम गर्नपर्ने अवस्था छ। यस्तो समयमा अलि विचार गरेर काम गर्नुे वातावरण सिर्जना गनुपर्छ।’
विगतमा समाजकाे आलोचना खपेकी मुना अहिले सबैका लागि प्रेरणाकाे स्रोत बनेकी छिन्। उनी हाल नेपाल हेभी इकुप्मेट महासंघकी महासचिव समेत हुन्। त्यसकाे अलवा उनले देशका विभिन्न स्थानमा पुगेर समाजसेवाकाे काम समेत गर्दै आएकी छिन्। हाल उनले दुई बालबालिकालाई संरक्षणकाे रूपमा पढाइरहेकी छिन्।