विदेशी सहयोग : भ्रष्टीकरणको औजार

विदेशी ऋण, सहयोग र अनुदानका कारण हाम्रा नेताहरू देश–देशको भागमा परेका छन्, देशमा भ्रष्टीकरण बढेको छ

काठमाडौंमा एमसिसीको बहस चलिरहँदा म भने धेरै जिल्लामा अनुसन्धानको सिलसिलामा घुमेँ। मेरो कामको मुख्य पक्ष स्थानीय उत्पादन प्रणाली, स्थानीय अर्थतन्त्रको अवस्था र सुदृढीकरणका रणनीति के–के होलान् भन्ने खोजबिन गर्नु थियो। दुई महिनाअगाडि डोल्पा जाँदा कान्छाबहादुर बुढा भन्दै थिए– आजभन्दा २० वर्षअगाडि हामी तेल किन्दैनथ्यौँ। तेलको मात्रै के कुरा र खाद्यान्नमा पनि हामी आत्मनिर्भर थियौँ। तर, अहिले वार्षिक १५ हजारको तेल र १० हजारको त खुर्सानी मात्र किन्छौँ। उनको चिन्ता खाद्यान्नमा आत्मनिर्भर कसरी हुने भन्ने थियो।

प्रकाशित मिति: : 2022-02-22 09:01:00

प्रतिकृया दिनुहोस्