बिएल संवाददाता
भक्तपुरको नगरकोटमा २२ वर्षीया महिलाको मृत्यु आत्महत्याबाट नभई कुटपिटबाट हुनसक्ने आशंका गरी महानगरीय प्रहरी परिसर भक्तपुरमा छानविनका लागि शुक्रबार उजुरी हालिएको छ। मृतकका पतिसहित छरछिमेकले प्रहरी परिसर भक्तपुरमा शुक्रबार दिउँसो उजुरी हालेका हुन्।
चाँगुनारायण नगरपालिका-६ नगरकोट शमशेर टोल बस्ने सूर्यमाया तामाङले आत्महत्या गरेको प्रहरीले जनाएको थियो। उनले आफ्नै घरको जस्ताको छानोको फलामको बलोमा खादाको पासो घाँटीमा लगाई झुन्डिएर आत्महत्या गरेको भक्तपुर प्रहरीले जनाएको थियो। तर उनका पतिसहितले आत्महत्याबाट नभई आफ्नै परिवारका सदस्यहरुको कुटपिटबाट मृत्यु भएको हुनसक्ने भन्दै प्रहरीमा छानबिनका लागि उजुरी हालेका हुन्।
स्थानीय अनिल तामाङले डोरी हाल्नै नसक्ने ठाउँंमा डोरी हालेर आत्महत्या गरेको भनी प्रहरीले जनाएको बताए। अनुहार सुन्निएको, शरीरका विभिन्न भागमा निलडाम परेकोलगायतका कारण आत्महत्या नभई कुटपिटबाट हत्या भएको आशंका लागेकाले प्रहरीमा छानविनका लागि उजुरी हालेको उनले बताए।
मृतकका पतिले झुन्डिएको लास हेर्न पाएको थिएनन्। उनी घरबाट भक्तपुर बजार पुगेका बेला उक्त घटना भएको थियो। पति पुग्दा लासको डोरी काटिसकिएको अवस्थामा थियो। आफन्तका अनुसार मृतकको झगडा पतिका दिदीसँंग भइरहन्थ्यो। त्यसबेला कुटपिट पनि हुन्थ्यो।
प्रहरीले भने घटनास्थलमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटी गई प्रारम्भिक अनुसन्धान कार्य भइसकको र त्यसबाट आत्महत्या भएको देखिएको जनाएको छ। घटनासम्वन्धमा थप अनुसन्धान कार्य भइरहेको परिसर भक्तपुरका सूचना अधिकृत राजु पाण्डेले बताए।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया