अमेरिकी अनुदान सहयाेग परियाेजना मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसिसी) संसदबाट पारित गर्न अमेरिकाले पछिल्लाे पटक दिएकाे समयसीमा सकिन १० दिन मात्र बाँकी छ। १६ फागुनभित्र एमसिसी पारित नभए थप कदम चाल्ने एमसिसी मुख्यालयले बताइसकेकाे छ।
तर, सत्ता गठबन्धनका पाँच दल नै पाँचतिर भएपछि एमसिसी संसदमा टेबुलसमेत हुन सकेकाे छैन। सत्तासिन नेपाली कांग्रेस जसरी पनि एमसिसी टेबल गर्नुपर्ने पक्षमा भए पनि खासगरी माओवादी केन्द्र र एकीकृत समाजवादी अहिलेकाे अवस्थामामा अगाडि बढाउन नहुने अडानमा छन्।
प्रमुख प्रतिपक्षी एमाले पर्ख र हेरकाे अवस्थामा छ।
यही तिगडमका कारण बुधबार बसेकाे प्रतिनिधिसभा बैठकमा एमसिसी टेबल हुन सकेन, बरु सत्तासिन दल माओवादी केन्द्र र एकीकृत समाजवादीका भ्रातृ संस्था नै सडकमा उत्रिए।
सहमति जुटाउने भन्दै बिहीबार बसेकाे सत्ता गठबन्धनकाे बैठक पनि निरर्थक नै बन्याे।
यही अन्याैलका बीच आज प्रतिनिधिसभा बैठक बस्दैछ। बैठक दिउँसाे १ बजे बस्ने भए पनि एमसिसी टेबल हुने सम्भावना न्यून रहेकाे एक मन्त्रीले बताए।
संसद् सचिवालयले सार्वजनिक गरेकाे सम्भावित कार्यसूचीमा पनि एमसिसी उल्लेख छैन। बरु प्रधानमन्त्री शेरबहादुर देउवाले 'आदिवासी जनजाति आयोगको प्रतिवेद आर्थिक वर्ष २०७७/७८' पेस हुने कार्यसूची छ।
प्रतिनिधिसा बैठकअघि सभामुख अग्नि सापकाेटाले बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिकाे बैठक बाेलाएका छन्।