सोमबार, १५ डिसेम्बर २०२५

नक्कली नोटसहित चार जना पक्राउ

file photo
• • •

काठमाडौँ महानगरपालिका–१६ नयाँ बजार मेडिकल चोकबाट रु एक हजार दरका २९४ थान नक्कली नेपाली नोटसहित चार जना पक्राउ परेका छ। राजधानीको नयाँ बजारमा बसोबास गर्दै आएका रौतहट गौर नगरपालिका–१२ का पृथ्वीप्रसाद साह र वडा नं–९ निवासी महमदशम्साद आलम, राजपुर नगरपालिका–३ का मोहम्मदमुसरफ अली र सोही नगरपालिका–६ का असरफअली सइदलाई नक्कली नोटसहित बुधबार पक्राउ गरी आज काठमाडौँ जिल्ला अदालतबाट हिरासतमा राखेर थप अनुसन्धानको अनुमति लिइएको महानगरीय अपराध महाशाखाले जनाएको छ। 

यसैगरी काठमाडौँ महानगरपालिका–१५ डल्लु पुल नजिकबाट चार थान ढलौटको मूर्तिहरुसहित दुई जनालाई पक्राउ गरिएको छ। सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५ ढाडे र रसुवा गोसाईंकुण्ड नगरपालिका–५ का किशोर मूर्ति चोरीको अभियोगमा पक्राउ परेका हुन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!