दीपकराज गिरीको कटाक्ष : 'सरकार सधै संकटमा, जनतालाई कसले बचाउँछ ?'

रातोपाटी

रातोपाटी संवाददाता

कलाकार दीपकराज गिरी समसामयिक विषयमा टिप्पणी गर्न माहिर छन् । उनले सामाजिक संजालमा गरेको टिप्पणीले राम्रै चर्चा समेत पाउने गरेको छ । केही दिन अगाडि मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट सम्झौताबारे सडकबाट नभई सदनबाटै निर्णय गर्नुपर्ने समेत उनले सुझाएका छन् ।

यो बिषयमा सडकले निर्णय गर्ने भए अरबौँ खर्च गरेर देशको ढुकुटी सकेर सांसद छनौट गर्नुको मतलब के ? भनेर समेत उनले प्रश्न उठाएका थिए । उनले उठाएको यो प्रश्नले सामाजिक संजालदेखि मिडियासम्म चर्चा पाएका थिए ।

प्रकाशित मिति: : 2022-02-16 13:52:00

प्रतिकृया दिनुहोस्