एमसिसीमा प्रधानमन्त्री अघि बढे पनि जटिलता कायमै

आजको संसद् बैठकमा एमसिसी टेबुल गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रयासमा गठबन्धनभित्रै विमति, मंगलबार सार्वजनिक संसद्को प्रारम्भिक कार्यसूचीमा पनि एमसिसी समेटिएन, आज बस्ने कार्य व्यवस्था परामर्श समिति बैठकमा सहमतिको प्रयास गरिने, महाभियोग प्रकरणपछि एमाले पनि टाढियो

प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबारको संसद् बैठकमा एमसिसी प्रवेश गराउने प्रयास गरे पनि टेबुल हुने सम्भावना न्यून छ । मंगलबार साँझसम्म सत्तागठबन्धनकै दलहरूबीच पनि यसबारे सहमति बन्न सकेको छैन ।

संसद्को प्रारम्भिक कार्यसूचीमा पनि एमसिसी समेटिएको छैन । यद्यपि सभामुखले बिहान बोलाएको कार्यव्यवस्था परामर्श समितिमा त्यसबारे छलफल हुँदै छ । 

प्रकाशित मिति: : 2022-02-16 08:04:00

प्रतिकृया दिनुहोस्