चोलेन्द्रलाई च्यापेर प्रतिगमनको ओरालो

रातोपाटी

अरुण बराल

 

‘परमादेश सरकारले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि लगाएको महाभियोग नेकपा एमालेमाथिको आक्रमण हो। न्यायालयमाथिको हस्तक्षेप हो। शान्तिपूर्वक बसिरहेको नेकपा एमालेमाथि ढुंगा हानियो, अब यसको जवाफ दिनुपर्छ, एमालेले दिन्छ।’

यो भनाइ देशको सबैभन्दा ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हो। सोमबार आयोजित एमाले संसदीय दलको बैठकमा ओलीले गरेको यस्तो विश्लेषणले स्पष्ट पारेको छ, चोलेन्द्रविरुद्ध महाभियोग लाग्दा केपी ओलीलाई चोट लागेको छ। सोमबार बसेको एमाले संसदीय दलको बैठकमा एमालेका शीर्ष नेताहरूको मुहार सधैंभन्दा मलिन र गम्भीर देखिन्थ्यो। ओलीको अनुहारमा पनि कुनै विजयभाव थिएन।

राजनीतिक दाऊपेचमा माहिर खेलाडी मानिने एमाले अध्यक्ष ओलीले ०७४ को चुनावपछि आफ्ना विपक्षीमाथि लगातार प्रेसर दिँदै आएका थिए। प्रधानमन्त्री हुँदा मात्र होइन, सरकारबाट बाहिरिएपछि पनि ओलीले सत्ता गठबन्धनलाई पेल्दै एमालेलाई ‘अफेन्सिभ’ भूमिकामै उभ्याउन सफल भएका थिए। तर, आइतबारदेखि राजनीतिको पासा पल्टिएको छ।

प्रकाशित मिति: : 2022-02-15 10:26:00

प्रतिकृया दिनुहोस्