हराएका दुई बालबालिका फेला

File photo
File photo

प्रहरीले हराएका दुई बालबालिकालाई धनुषाको जनकपुरधामबाट फेला पारेर अभिभावकको जिम्मा लगाएको छ। 
    
सिरहाको बरियारपट्टी गाउँपालिका–२ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–१४ मनिपालबाट हराएका दिपिका दासका पाँच वर्षीय छोरा दीक्षान्त र सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ का बुधनु मुखियाकी ६ वर्षीया छोरी सोनीकुमारीलाई जनकपुरधामबाट फेला पारी अभिभावकको जिम्मा लगाएको छ।दीक्षान्तलाई जनकपुरधाम–९ स्थित थापा चौकबाट र सोनीलाई जनकपुरधामस्थित पुल चोकबाट शुक्रबार फेला पारी अभिभावकको जिम्मा लगाएको प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिए। 

दीक्षान्त घर नजिकैबाट र सोनी जनकपुरधामस्थित जानकी मन्दिरबाट हराएको सूचना पाएलगत्तै प्रहरीले खोजतलास सुरु गरेको थियो।साना बच्चा हराउने क्रम बढ्ेको भन्दै प्रहरीले सचेतना अपनाउन अपिल गरेको छ ।बिहीबार प्रहरीले बच्चा चोरीको आरोपमा तीन जनालाई पक्राउ गरेको थियो।
 

प्रकाशित मिति: : 2022-02-12 10:57:00

प्रतिकृया दिनुहोस्