चल्तीका एक ‘हिरो’ युवतीको हनीट्र्यापमा परेपछि...

लोकान्तर

गगन अर्याल

केही वर्षयता निकै नाम चलेका एवं चल्तीका एक ‘हिरो’ (नायक/मोडल)लाई फेसबूकमा एउटा ‘फ्रेन्ड रिक्वेस्ट’ आयो। 

कलाकार भएपछि रिक्वेस्ट त आउने नै भयो, फेसबूकमा अझै पनि सयौं समर्थक उनीसँग साथी बन्नका लागि ‘क्यु’मा छन्।

आएका रिक्वेस्टमध्ये छानेर केही–केहीलाई मात्र साथी बनाउँछन्।

उनले प्रोफाइल नियाले। चिनजानका आफन्त र कलाकारहरू पनि ‘म्युचुअल फ्रेन्ड’ थिए। प्रोफाइलमा आकर्षक फोटो थियो।

ब्रान्डेड कपडा, ब्रन्डेड जुत्ता... हेर्दा हुने खानेकै छोरीजस्तो देखियो।

सबै कुरा नियालेपछि उनले साथी बन्न उचित ठाने, अनि ‘रिक्वेस्ट’ स्वीकारे।

साथी बनेको ३/४ दिनपछि म्यासेज आयो– हाइ !

उनले छोटै जवाफ फर्काए– हेलो।

विस्तारै कुराकानी हुन थाल्यो। युवतीले आफू ठूलै फ्यान भएको बताइन्।

प्रकाशित मिति: : 2022-02-11 18:04:00

प्रतिकृया दिनुहोस्