फेरि माैसममा खराबी: यी चार प्रदेशका धेरैजसाे स्थानमा वर्षाकाे सम्भावना, हिमपात पनि हुने

File Photo
File Photo

आज बुधबार फेरि माैसममा खराबी आएकाे छ।

मुलुकमा पश्चिमी वायुको प्रभाव रहेकाले दिउँसाे सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

बागमती र प्रदेश १ का केही स्थानमा पनि हल्का वर्षाको सम्भावना छ। साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

राती सुदूरपश्चिम,कर्णाली, लुम्बिनी, गण्डकी,बागमती र प्रदेश १ मा वर्षाको सम्भावना छ।

बिहीबार प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको आँकलन गरिएकाे छ। ती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

प्रकाशित मिति: : 2022-02-09 07:30:00

प्रतिकृया दिनुहोस्