भोलि बोलाइएको प्रतिनिधि सभा बैठक स्थगित

File photo
File photo

सरकारको आग्रहमा भोलिका लागि बोलाइएको प्रतिनिधि सभा बैठक स्थगित भएको छ।

यसअघि माघ १६ गते बोलाइएको बैठक पनि अन्तिम समयमा १० दिनका लागि स्थगित गरिएको थियो। बुधबारको बैठकका लागि सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका थिए। संसद सचिवालयले पनि प्रतिनिधिसभाको सम्भावित कार्यसूची सार्वजनिक गरेको थियो।

सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको प्रतिवेदन पेश गर्ने र शोक प्रस्ताव पारित गर्ने उल्लेख थियो ।

प्रकाशित मिति: : 2022-02-08 20:35:00

प्रतिकृया दिनुहोस्