नेकपा माओवादी केन्द्रको दोस्रो केन्द्रीय समिति बैठक माघ २८ र २९ गते बस्ने भएको छ। बैठक बिहान ११ बजे प्रज्ञा प्रतिष्ठान कमलादीमा बस्ने केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए।
बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल बताइएको छ। बैठकमा एमसीसीको विषयमा समेत छलफल हुने एजेन्डा रहेको उनले जानकारी दिए।
बैठकले केन्द्रीय सदस्यको मनोनयन, पोलिटब्युरो, स्थायी समिति र पदाधिकारीको पनि चयन गर्ने गर्ने छ। गत पुसमा आठौं महाधिवेशन सम्पन्न गरे पनि माओवादीले अध्यक्ष बाहेक अन्य पदाधिकारी चयन गरेको छैन।