म्यान्मार हिंसा: एकवर्षमा १५ सयको मृत्यु र ११ हजार पक्राउ

बिएल संवाददाता

रंगुन, म्यान्मार
The New York Times

सपनाहरू थाँती राखेर क्रान्तिमा होमिएकाे युवा पुस्ता


राष्ट्रसंघको सुरक्षा परिषद्ले म्यान्मारमा भइरहेका सबै प्रकारका हिंसा अन्त्य गर्न आह्वान गरेको छ। त्यस्तै जारी संकट समाधान गर्न विशेष दूतलाई त्यहाँ भ्रमणका लागि अनुमति दिने पनि उसले विश्वास गरेको छ। 


अँध्यारैअँध्यारो बर्मा


दक्षिणपूर्वी एसियाली राष्ट्रहरुको संगठनले क्याम्बोडियाका विदेशमन्त्री प्राक साखोनलाई आफ्नो प्रतिनिधिको रुपमा म्यान्मार  पठाउन चाहेको छ। विदेशमन्त्री साखोनको म्यान्मार भ्रमणलाई सुरक्षा परिषदले सम्बन्धित पक्षहरुसँग भेट गर्ने चाँडो भन्दा चाडो अवसरको रुपमा हेरेको छ। 


'म्यान्मारकाे जनताविराेधी क्रूर हिंसा छिट्टै रोकियोस्'


गतवर्ष सेनाको 'कू'पछि त्यसको विरोधमा भएका प्रदर्शनमा विपक्षीमाथि सरकारले चरम दमन गरेको छ। प्रदर्शनका क्रममा सेनाको कारबाहीमा एक वर्षमा १५ सय जनाको मृत्यु र ११ हजार पक्राउ परेका छन्। 


म्यान्मार सेनाद्वारा पत्रकारसहित १० जनाको घाँटी रेटेर हत्या


सरकारले प्रजातन्त्रबादी नेतृ आङ सान सू चीलाई घरमै नजरबन्दमा राखेको छ।

प्रकाशित मिति: : 2022-02-03 09:50:00

प्रतिकृया दिनुहोस्