मधेस राजनीतिमा नयाँ हलचल

मधेस राजनीतिबाट उदाएर संघीय र प्रदेश सरकारको नेतृत्व गरिरहेका जसपा र लोसपाको कमजोर कार्यप्रदर्शनले राउतलाई सहयोग गरिरहेको छ


नेपाली राजनीतिमा २०६५ जेठ १५ मा एउटा भूकम्प गएको थियो, परम्पराको जग भत्काइदिने। २०४७ को संविधानले व्यवस्थापन गरेको राजासहितको संसदीय प्रजातन्त्रलाई माओवादी जनयुद्धले हल्लाइदिएपछि एउटा नयाँ संवैधानिक व्यवस्थापनको माग नेपाली राजनीतिको वास्तविकता बनेको थियो। दरबार हत्याकाण्डले त्यसलाई थप नजिक ल्याउन मद्दत गर्‍यो, नकारात्मक योगदानका रूपमा। ज्ञानेन्द्रको उदय र माओवादी युद्धको विस्तार यस्ता दुई घटना हुन पुगे, जो एक–अर्काका कारण र परिणाम दुवै बनेका थिए। यही इतिहासको मोडलाई एउटा बिसौनीमा पुग्न सहयोग हुने गरी भएका थिए २०६२/६३ को जनआन्दोलन, मधेस आन्दोलन र संविधानसभाको निर्वाचन। संविधानसभाको पहिलो बैठकबाट भएको गणतन्त्र घोषणाले यसलाई पटाक्षेप मात्र गरेको थियो। 

प्रकाशित मिति: : 2022-02-02 08:15:00

प्रतिकृया दिनुहोस्