मनिराम थारु (४१) जो उमेरले ४ दशक बढी भइसके। जसको घरमा श्रीमती, छोराछोरी छन्। मिलेको परिवार छ। घरपरिवार राम्रैसँग चलेको छ। तर आजभन्दा १० महिना अघिको कुकर्मले उनी प्रहरीको कठघारामा पुग्नु परेको छ।
बर्दियाको ठाकुरबाबा नगरपालिका ६ घर भएका थारु एक १३ वर्षीया बालिकालाई करणी गरेर गर्भवती बनाएको अभियोगमा प्रहरीको कठघरामा पुग्नु परेको हो।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख तथा एसपी इश्वर कार्कीका अनुसार थारुले यही गएको बैशाख २७ गते एक १३ वर्षीया बालिकालाई करणी गरेका थिए।
थारुले घरमा कोही नभएको समयमा १३ वर्षीया बालिकालाई करणी गरेको र कसैलाई भनेमा मार्ने धम्कीसमेत दिएका थिए। ‘ उनले करणी गरेको कसैलाई भने बालिकालाई मार्ने धम्की दिएपछि बालिकाले कसैलाई भनेनछिन्’, एसपी कार्कीले भने।
कसैलाई नभनेर बसेकी बालिकाको यहि माघ १६ गते पेट दुखेको र भिडियो एक्सरे गर्दा गर्भमा बच्चा भएको पत्ता लागेको थियो। यो बिचमा पीडित बालिका र थारुबीचमा सम्पर्कसमेत नभएको एसपी कार्कीको भनाई छ।
१६ गते बच्चा भएको घरपरिवारले थाहा पाएपछि सोधपुछ गर्दा बालिकाले उनै थारुले करणी गरेको बताएकी थिइन्।
सोही आधारमा थारुलाई पक्राउ गरिएको र अदालतबाट म्याद थप गरेर थप अनुसन्धान भइरहेको बर्दियाका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए।
उनको अनुसार बालिकाले छोरीको समेत जन्म दिइसकेकी छिन्।