‘प्राङ्क’ गर्दै हुनुहुन्छ ? दफा ४७ मा पर्नुहोला !

कमल प्रभात

काठमाडौं
फोटो: ‘अह्वीसम नेप्लिज’काे भिडियाेबाट

तपाईंलाई कसैले ‘प्राङ्क’ गरेर हैरान बनायो ? यदि त्यसो गरेको छ भने चुप लागेर नबस्नुस्, प्रहरीमा जानुस् उजुरी गर्नुस्।

एक समय मानिसले युट्युबरलाई भगवान झैँ मान्थे। केही समयस्या भयो कि युट्युबरलाई बोलाएर आफ्नो पीडा पोख्नेहरु धेरै देखिन्थे। कलाकारदेखि डाक्टर र नेतादेखि समाजसेवीले समेत त्यो कार्यलाई पछ्याए। त्यसपछि युट्युबरको सङ्ख्या पनि ह्वात्तै बढ्यो। यतिसम्म कि हुँदाखाँदाको जागिर छाडेर कैयाैँ पत्रकारहरुसमेत युट्युबर बने।



२२ वर्षे युवतीलाई ‘नाङ्गै’ देखेपछि वरिष्ठ पत्रकारले होस गुमाए...

सुन्दर युवती भिडियो कलमा ‘नाङ्गै’ देखिएपछि...

उनीहरूले केही समय आम्दानी पनि राम्रै गरे। काठमाडौंदेखि कर्णालीका गाउँ–गाउँ अनि देशका विभिन्न भागमा पुगेर त्यहाँको फुस्रा अनुहारलाई बेचेर धेरै युट्युबर रातारात मालामाल बने।

केही युट्युबरले समाजमा भएको विकृति र विसङ्गतिलाई उजागर गर्न थाले। त्यसले गर्दा पनि युट्युबरको हाइहाई बढ्यो तर त्यो हाइहाई लामो समय टिक्न सकेन।

बिस्तारै युट्युबरले पेसा नै बनाउन थाले। उनीहरुले आफूलाई पुरै शक्तिशाली ठान्न थाले। मानाैं, आफैँ अदालत बनेर सजाए तोक्न समेत पछि परेनन्। त्यसैको भीडमा एक समूह जन्मियो। राष्ट्रपति, प्रधानमन्त्रीदेखि विभिन्न दलका नेताहरु र कलाकारहरुको ‘प्राङ्क’ गर्दै युट्युबमा राख्नेहरु।



प्रेमिकाको नग्न फोटो उनैका भाइलाई पठाउने यी कस्ता प्रेमी ?

जब रजनीको फेसबुकमा आफ्नै नाङ्गो भिडियो पोस्ट भयो...

सुरुमा राम्रो काम गरेर केहीको मन जितेर त्यसैलाई नै पेसा बनाएका भाग्य न्यौपानेदेखि सन्तोष देउजासम्मको भागाभाग भयो। नेतादेखि कलाकार अनि डाक्टरदेखि पत्रकारसम्मको ‘प्राङ्क' गरेर सामाजिक सञ्जालमा छताछुल्ल हुन थाले।

त्यसपछि नेपाल प्रहरीको साइबर ब्यूरोमा दैनिक जसो दर्जनौँ उजुरी पर्न थाले।

बाटोमा सरासर हिँडिरहेका मान्छेलाई जबर्जस्ती गर्ने, अनि मान्छे झोक्किन थाल्यो भने ‘प्राङ्क’ गरेको भन्दै मान्छेलाई थामथुम पार्नेहरुका कारण बाटोमा हिँड्न पनि डरमर्दाे अवस्था आयो।

अनि दलका बैठकदेखि संसद भवनभित्रै ‘प्राङ्क’ गरेर भिडियो भाइरल हुन थालेपछि प्रहरीले पनि त्यस्ता उजुरी आउनासाथ गम्भीरताका साथ हेर्न थालेको हो।

नेपाल प्रहरीको साइबर ब्यूरोको तथ्यांकअनुसार यस वर्ष मात्रै १४ वटा युट्युबरमाथि मुद्धा परेकाे थियाे। जसमा तीन जनालाई कारबाही भएकाे प्रहरीले जनाएकाे छ। उनीहरुले ‘प्र्याङ्क’ गरेर चरित्र हत्या गरेकै कारण मुद्धा दर्ता गरिएको थियो। त्यो बेला युट्युबरलाई भगवानझैँ मान्नेहरु अहिले अपराधी हुन् भन्दै प्रहरीमा उजुरी गर्न थालेका छन्।

प्रहरीले पनि त्यसो नगर्न भन्दै बेलाबेला सूचना जारी गरेर नागरिकलाई सचेत गराउँदै आएको छ।

‘प्राङ्कका नाममा अनाहक कसैको चरित्र हत्या गर्नु अपराध हो। कसैले यस्तो गरेको भेटिए कानुनी कारबाहीको भागेदार हुनुपर्छ,' नेपाल प्रहरीको साइबर ब्यूरोका प्रवक्ता एसएसपी नवीन्द अर्यालले बिएल नेपाली सेवासँग भने।

‘प्राङ्कका नाममा भिडियो बनाएर त्यसलाई सामाजिक सञ्जालमा राख्ने र अरुको चरित्र हत्या गर्ने कार्यहरु बढेपछि हामीले पनि त्यसलाई गम्भीरताका साथ लिएका छौंं। यो वर्ष मात्र तीन जना ‘प्राङ्क’ गर्नेमाथि मुद्धा चल्यो,' प्रवक्ता अर्यालले भने।

यसाे त गृह मन्त्रालयले पनि ‘प्राङ्क’ का नाममा दुख दिने र अनुमतिबिना कसैको फोटो/भिडियो सामाजिक सञ्जाललगायत विद्युतीय माध्यममार्फत् प्रकाशन तथा प्रसारण गर्नेलाई कानूनी कारबाही गर्ने भन्दै सचेत गराएको छ।

मन्त्रालयले जारी गरेको सूचनामा सञ्चार माध्यमदेखि ‘प्राङ्क’ का नाममा आतंक मच्चाउनेहरुले कसैको अनुमतिबिना फोटो/भिडियो सार्वजानिक गरे कानूनी कारबाही भोग्नु पर्नेछ।

के हो ‘प्राङ्क’ ? यो गरे के कारवाही हुन्छ ?

कुनै पनि मानिस बाटोमा हिँडिरहेका बेला कसैले ठट्ठा गर्याे र त्यसलाई भिडियो खिचेर तोडमोड गरेमा ‘प्राङ्क’ भनिन्छ। अुनमतिबिना यस्तो कार्य गरेमा एक लाख रुपैयाँसम्म जरिवाना तथा पाँच वर्षसम्म कैद सजाय हुने कानूनी व्यवस्था रहेकाे छ।

विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार कसैको अनुमतिबिना फोटो/भिडियो खिच्ने र सामाजिक सञ्जाललगातयत सामाग्रीमा प्रकाशन तथा प्रसारण गरेमा साेही कारबाही हुने कानूनी व्यावस्था छ।

प्रकाशित मिति: : 2022-01-28 17:50:00

प्रतिकृया दिनुहोस्