तथ्यांकमा राजनीति : तर्क एउटा, तथ्यांक अर्कै !

रातोपाटी

काठमाडौँ

राजनीतिक दलका नेता, चियाचौतारी र सामाजिक सञ्जालसम्म ‘३ करोड नेपाली’ भन्न थालिएको धेरै भइसक्यो। केन्द्रीय तथ्यांक विभागले समेत डेढ वर्षअघि नै नेपालको जनसंख्या ३ करोड नाघेको भनेर अनुमानित विवरण सार्वजनिक गरेको थियो। तर विभागले नै बुधबार सार्वजनिक गरेको राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्यांकमा नेपालको जनसंख्या अझै तीन करोड पुग्न सकेको छैन। अर्थात्, वर्षौंदेखि नेपालको जनसंख्या तीन करोड नाघिसक्यो भन्ने हिसाबले गरिँदै आएको तर्कलाई राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्यांकले मिथ्या साबित गरिदिएको हो।

२०७७ असारको पहिलो साता विभागको जनसंख्याको घडीअनुसार नेपालको जनसंख्या तीन करोड नाघेको उल्लेख गरिएको थियो। त्यतिबेला अर्थात् असार १२ गते शुक्रबार विभागको जनसंख्या घडीमा नेपालको जनसंख्या ३ करोड ६३४ जना देखाइएको थियो। तर, जनगणना २०७८ को बुधबार सार्वजनिक प्रारम्भिक तथ्यांकमा नेपालको जनसंख्या ३ करोड नपुगेको देखिएको छ। अर्थात् ८० वर्ष यताकै जनसंख्या वृद्धिदर न्यून देखिएको छ।

प्रकाशित मिति: : 2022-01-27 18:43:00

प्रतिकृया दिनुहोस्