अष्ट्रेलियामा पढ्न जाँदा बनेको याेजनाले जन्मिएकाे 'नेपासा'

धेरै वर्ष पहिलदेखि हामीले गर्व गर्दैै आएको एउटै पक्ष हो, संस्कृति। विभिन्न जातजाति, रहनसहन, रितिरिवाज, चालचलन, धर्म र संस्कृति नै हाम्रो पहिचान। धेरै थोकमा पछि परे पनि यिनै पक्षमा हामी धनी छौं। यसैमा हामी गर्व गर्छाैँ।

हो, हाम्रो संस्कृति नै हाम्रो पहिचान। हाम्रो मान।

हामी छौं। संस्कृति छ। विविध चालचलन छ। बेग्लै शान छ।

०००

सन् २०१० मा उच्च शिक्षा अध्ययनकाे लागि पाेखराका कुशबहादुर भुजेल अष्ट्रेलिया पुगे। परिवारले पुस्तैनी व्यवसायलाई निरन्तरता दिँदै आए पनि उनलाई व्यवसायको अनुभव थिएन। ‘सीप थिएन बाँच्न पर्‍यो विदेशमा। रेष्टरेन्टमा हुर्केको बच्चा। हस्पिटालिटीले नै मलाई त्यहाँ बचायो,’ उनले सुनाए।

अष्ट्रेलियामा २०, ४० वटा रेष्टुरेन्टमा काम गरे, कुशले। त्यहाँको हस्पिटालिटीलाई नजिकबाट हेर्न पाए। रेष्टुरेन्टमा काम गर्दा सेफ पर्ल बर्डनले एक ग्रुप विदेशी नेपाल घुम्न पठाए। नेपाल घुम्न आउने भएपछि उनलाई नसोध्ने त कुरै आएन। उनी भन्छन्,‘कुशी ह्वाट डु यु रिकमेन्ट ? भनेर भन्दा मैले भने म केही रिकमेन्ट गर्दिनँ। नेपाल घुम्नुस् मलाई फिडब्याक दिनुस्। बरु, मेरो घरमा गएर नेपाली दालभात तरकारी खाएर फर्क भने।’

कुशलाई अहिले पनि सम्झना छ, नेपाल घुमेर फर्केका ती विदेशीले पहिला त पोखरालाई सिटी भनेका थिए। स्वदेश फर्किसकेपछि लेकसाइडलाई भिलेज भने। ‘अमेजिङ प्लेस, अमेजिङ पिपल। बट खाना अलि बोरिङ रैछ। जहाँ गयो त्यही दालभात तरकारी भन्यो,’ उनी भन्छन्, ‘त्यतिबेला मलाई क्लिक भयो एउटा ब्राण्ड चाहिन्छ भन्ने।’

त्यसको केही समयपछि अष्ट्रेलियाबाट केही दिनको छुट्टीमा नेपाल आए, उनी। नेपाल आउँदासम्म फर्किन्छु भन्ने नै थियो रे ! नेपाल आईसकेपछि फेरि फर्केनन्। बरु, बुवा र दाइले सुरु गरेको होटल रानीवन आर्केटलाई नयाँ स्वरुपमा दिन कम्मर कसेर लागे। ‘यहाँको नेचरले म चाहिन्छ भन्ने आभास भएपछि म यतै बसेँ। चार वर्ष फ्याम्ली विजनेस गरें,’ उनी भन्छन्, ‘२०७५ वैशाख १५ देखि नेपासा सुरु गर्‍यौं।’

२०७५ वैशाख १५ देखि तयारी थालेको असार ८ मा लेकसाइड स्ट्रिट नम्बर ८ बाट नेपासा सुरु भयो। पोखरा– १७ हिमाली टोलमा पनि नेपासाले एक वर्षअघि ब्रान्च (शाखा) सुरु गरिसकेको छ। ड्यामसाइडमा सानो फूड काउन्टर आउटलेट छ।

लकडाउनअघि पार्ट टाइममा चलेको नेपासा अहिले त झन फुल टाइम चल्ने भएको छ। भन्छन्,‘लकडाउन बरदान नै भयो। १ हजार रुपैयाँका स्टिक र बर्गर खाने विदेशी नआएपछि सस्टेनेबल टुरिजम र कम्युनिटीवेश विजनेश सुरु गर्‍यौं।’

१९३० को वल्ड वाइड इकोनोमिक क्राइसिस र २००८ को अमेरिकन इकोनोमिक क्राइसिसबाट सिकेर नेपासाको आउटलेट कन्सेप्ट सुरु गरेको उनी बताउँछन्। ‘नेपालीपन बोकेर हामी आयौं।। वि अल आर वान टाइपको बनाउन खोजेका छौं,’ उनी भन्छन्।

‘काठमाडौं खाल्डोमा जनजातिको खाना, हिमाली–तिब्बती खाना, मध्यपहाडी जनजातिको खाना, चाडपर्वको खाना, नेपाली स्ट्रिट फूड थकाली र हामीले बोल्ने र खाने दालभात खस खाना रैछ। राजस्थानको टायल, मार्बल र विदेशी खानाभन्दा पनि नेपालकै बच्चैदेखि देख्दै आएको इलिमेन्टस हामीले प्रयोग गछौं,’ ‘भन्छन्,‘बच्चामा हामी पोलेको आलु खाएर हुर्केको, विदेशमा स्मोक चिकेन बनाउँदा रहेछन्। हामीले त हामीसँग भएको चिजको भ्यालु नबुझेको हो।’

नेपासा भनेकै आधुनिक नेपाली खाना मौलिकतासँगै हो। नेपासामा आधुनिकता र मौलिकताको फ्यूजन पाइने उनले सुनाए। नेपासाको यात्रा। जवान हुँदै लेकसाइडको हस्पिटालिटीमा जन्मेर हुर्केको हिसाबले आएको हो।

नेपासाले दुई दर्जन खाना सब क्याटागोराइज (बर्गीकरण) गरेको छ। काठमाडौं खाल्डोको आदिवासी जनजाति नेवारी फूड जुन जनजाति खाना मात्रै होइन कला संस्कृति नै बोल्छ। मध्यपहाडी जनजातिको खाना। चाडपर्वको खाना। नेपासाको स्पेशल छुट्टै १० आइटम छ। नेपासामा ट्रेडिसनल फूडहरु र मोर्डन सबै उमेरकालाई मिल्ने खाना राखेको उनले सुनाए।

भित्तामा नेपाली गीतका बलिया शब्द लेखिएका छन्। मन छुने लाइनहरु छन्। केही उत्साह जगाउने खालका पनि छन्।

‘बब मार्लिका गीत बिबि किङका लिरिक्स पनि पावरफुल छ पनि राम्रो छ। तर, त्यो हाम्रो होइन। विदेशी त नेपाल हेर्न आउने हो। खरको छानो, रातोमाटो, ढुंगाको छपनी, नेपाल हेर्न आउनुहुन्छ,’ कुश भन्छन्, ‘तर, ठमेल, लेकसाइड, सौराहामा सेम बोरिङ दालभात खाए जस्तै आफ्नै देशका सामान देखेर जानुहुन्छ।’

हाम्रो नेपाली भाषा, संस्कृति, इतिहास पहिचान बोकेको छ। हामी सबै एक हौं।

विभिन्न जातजातिको खाना पस्केको देखेर 'कुश भाइ तपाईं त नेवार होइन। किन नेवारी खाना पकाउनु हुन्छ ? तपाईं टिब्बेतियन पनि होइन। किन टिब्बेटियन खाना पस्कनु हुन्छ ?' भनेर प्रश्न पनि आएको थियो रे ! उनलाई।

‘मेरो बाबाले इटालियन, ब्रदरले युरोपिनय र चाइनिज, म आफैंले अर्कैै पकाउछु। तर, म त युरोपियन होइन नि, इटलियन होइन नि,’ भन्छन्, ‘खाना पकाउन जातियतामै जानुपर्छ भन्ने होइन। हामी त हस्पिटालिटी इन्टरप्रेनर हो। यो त खाना बनाउनेको भनाई भो। खाना आउने पनि हामी नेपाली अलि डिस्क्रिमिनेटीभ पनि भयौं।’

हस्पिटालिटी भनेको एउटा स्टोरी टेलिङ हो। हामी सबै एक हौं भनेर स्कुलमा पढ्दा शिक्षकले भनेको सुनेका थिए, कुशले। त्यसपछि बिरलै थोरै मात्र मान्छेले भनेको सुने। ‘त्यो ज्ञानलाई हामीले भित्तामा पनि राखेका छौं। सय डेढ सयको मःम, सोपोमिचा खान आउने गेष्टले केही मेसेज लिएर जाउन् भन्ने हाम्रो थिम हो,’ उनले भने।

अर्को पट्टी भित्तामा लेखिएको छ। ‘सय थरी बाजा एउटै ताल’। यसाबारे उनी भन्छन्,'हामी अलि म्युजिक लभर पनि भयौं। खानासँगै म्युजिक पनि चाहियो।'

उद्यमशिलताको विकासमा उत्रिएर रिर्सोसको भ्यालु क्रियट गर्न उनको अनुरोध छ। आफ्नो ठाउँबाट जति सकिन्छ आर्थिक परिवर्तनको लागि अघि बढ्नु जरुरी रहेको उनी बताउँछन्।

नेपासाको भित्तामा एउटा पुरानो आरएक्स बाइक राखिएको छ। फिल्म अभिनेता दयाहाङ राइले पूरानो डुंगा नामक फिल्ममा चढेको बाइकलाई नेपासामा संग्रहीत गरेर राखिएको हाे।

नेपालमा कामप्रतिको पाउने सम्मान कम छ। फिल्मी क्षेत्रको स्टेरियर सोचाई हटाउने अभिनेतालाई सम्मान गर्न यसरी बाइक सुरक्षित राखेको उनले बताए। ‘बाइक मिल्के छ एउटा सेलिब्रेटीले चढेको बाइक। लेकसाइडमा विष्णु पहारी भाइको मकैबारीमा रैछ। माओत्से गुरुङ दाइलाई फोन गरें। अनि, हुन्छ कुश भाइ तपाईंहरु जत्तिको जिम्मेवार भाइहरू हाम्रो हार्डवर्क प्रमोट गछौं भने गर भन्नु भयो। यो बाइक धेरैले मन पराउनुभयो,’ उनी भन्छन्,‘दयाहाङ चढेको बाइक मात्रै होइन यो। यो त ९० का युवाहरु बुवाआमासँग ट्यांकीमाथि बसेर घुमेको नेपालको युथको विगत बोकेको बाइक हो। बाइक हेर्दा मःम को स्वाद पनि मिठो हुने गर्छ।’

आफूहरुको काम गर्ने शैलीको धेरैले प्रशंसा गर्ने गरेको उनले सुनाए। अझैैं मार्केटमा जान बाँकी नै छ। भू–क्षया भने जस्तै वेष्टनाइजले विलिन हुँदै गएको हाम्रो संस्कृति संरक्षण गर्ने नेपासा इभोलुसन भएको उनले बताए। नेपासाको जन्मकथा रोशन खनाल, विवेक श्रेष्ठ, सनम पुन श्रीराम बराल, हरिबहादुर भुजेलको समेत हात रहेको छ।

सोनम थापा। जो अहिले हङकङमा छन्। उनले उतैबाट नेपासा इभोलुसनमा सहयोग गरिरहेको उनले बताए। नेपासाको परिकल्पनाकार कुश सधैं पाहुनालाई स्वागत गर्न मुस्कुराई रहेका भेटिन्छन्।

प्रकाशित मिति: : 2022-01-27 18:00:00

प्रतिकृया दिनुहोस्