अपरेसन ‘याङ्की’ : पञ्जाब पुगेका फरार कैदी याम परियारलाई यसरी समात्यो प्रहरीले

‘ट्रेसिङ’को डरले फेरेका थिए १० वटा सिमकार्ड

रातोपाटी

काठमाडौँ

गएको पुस ८ गते दाङको घोराहीको फरार भएका कर्तव्य ज्यान मुद्दाका दोषी यामराज परियारलाई दाङ प्रहरीले पक्राउ गरी नेपाल ल्याएको छ। ३२ दिनको अथक प्रयासपछि फरार कैदी यामराजलाई भारतीय भूमिबाट नेपाल ल्याउन दाङ प्रहरी सफल भएको हो। जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द रिजाल नेतृत्वको ५ सदस्यीय टोलीले फरार कैदी यामराज परियारलाई भारतको पञ्जाब राज्यमा पर्ने लुधियानाबाट पक्राउ गरी सोमबार दाङमा सार्वजनिक गरिएको छ।

यस्तो थियो घटना

आफ्नै प्रेमिकाको हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भोगिरहेका कैदी थिए, यामराज परियार। साबिकको सतबरिया गाविस ५ निवासी २२ वर्षीया हेमा चौधरीसँग यामराजको प्रेम थियो। परियारसँगको यौन सम्बन्धपछि हेमा गर्भवती बनेकी थिइन्। गर्भवती भएकै समयमा हेमा २०७१ जेठ २२ गते घरबाट गायब भइन्। लामो अनुसन्धानपछि प्रहरीले २०७१ साल साउन ४ गते यामराजलाई पक्राउ गरेको थियो। यौन सम्बन्धपछि गर्भवती बनेकी प्रेमिकाले परियारलाई विवाह गर्न दबाब दिएपछि उनको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको थियो।


 

प्रकाशित मिति: : 2022-01-25 18:27:00

प्रतिकृया दिनुहोस्