जानकीसहितका मन्दिरमा १३ करोडको लाइटिङ गर्दा पनि बृहत्तर जनकपुरले गर्‍यो हिनामिना

जनकपुरधामस्थित धर्मशाला यात्रीनिवासलाई होटेल बनाउन द पिक हस्पिटालिटी प्रालिलाई सुम्पिएको बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले जानकीलगायतका मन्दिरमा डिजिटल लाइटिङमा पनि अनियमितता गरेको छ ।

मधेस प्रदेश सरकारसँग १३ करोड बजेट लिएको परिषद्ले प्रक्रिया पूरा नगरी लाइटिङका लागि ठेक्का लगाएको र त्यसपछि पनि भनेअनुसार काम नगरेर अनियमितता गरेको महालेखापरीक्षकको कार्यालयले ठहर गरेको छ । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव टीका पाण्डेयको संयोजकत्वमा प्रदेश सरकारले गठन गरेको तीन सदस्यीय छानबिन समितिले पनि महालेखाकै प्रतिवेदनलाई सही ठहर्‍याउँदै कारबाहीका लागि मुख्यमन्त्री कार्यालयमा सिफारिस गरेको छ । 

 

प्रकाशित मिति: : 2022-01-21 08:23:00

प्रतिकृया दिनुहोस्