काठमाडौं उपत्यकामा आज रातिदेखि जोर बिजोर लागू

काठमाडौं उपत्यकामा आज रातिदेखि निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागू हुने भएको छ।

पछिल्लो समय कोरोना भाइरसको सक्रंमित बढ्न थालेपछि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उक्त निर्णय गरेको हो। 

स्वास्थ्य सामग्री बोकेका सवारीसाधन, एम्बुलेन्स, दमकल, शववाहन तथा पेट्रोलियम पदार्थसहित अनिवार्य आवश्यकता पर्ने ढुवानीका सामान बोकेका सवारीलाई जोर बिजोर लागू हुने छैन। सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, मास्क अनिर्वाय लगायतका यसअघिका निमय कायमै छन्।

यस्तै प्रमुख जिल्ला अधिकारीहरूको बैठकले खोपकार्डलाई अनिवार्य गर्ने निर्णय गरेको छ भने पार्टी प्यालेस डिर्पामेन्टल स्टोर र सपिङ मलमा एक पटकमा बढीमा २० जनामात्र जान पाइनेछ। 

यो आदेश आज मध्यरातदेखि अर्को आदेश जारी नभएसम्म लागू हुने जनाइएको छ।

प्रकाशित मिति: : 2022-01-20 20:56:00

प्रतिकृया दिनुहोस्