गगन-विश्वप्रकाश : संघर्ष कि सहकार्य ?

कांग्रेसका 'एक हल' महामन्त्रीको सम्बन्धको चर्चा

लोकान्तर

काठमाडौँ

कांग्रेसको १४ औं महाधिवेशनमा पार्टीका प्रभावशाली नेताहरूलाई पछि पारेर महामन्त्री पद जीतेपछि चुलिएको गगन थापा र विश्वप्रकाश शर्माको चर्चा अझै सेलाएको छैन।

पार्टीका पुस्तान्तरण र रूपान्तरणको पक्षमा वकालत गर्दै आएका यी दुई युवा नेता कांग्रेसको नेतृत्वमा स्थापित भएका छन् । यी दुई महामन्त्रीको युवा अनुहार हेरेर नै कांग्रेसीमाझ टिप्पणी हुने गरेको छ– पार्टीको युवावय फर्किएको छ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको काँधमा पार्टीलाई रूपान्तरित गर्ने र पुस्तान्तरणको एजेण्डालाई संस्थागत गरी फोहोरी राजनीतिमा ‘ब्रुमर’ चलाउने गह्रुङ्गो जिम्मेवारी आइपुगेको छ।

कांग्रेसमा यसअघि एक जना निर्वाचित र एक जना सभापतिले मनोनित गर्ने गरी दुईजना महामन्त्री हुन्थे। तर, अहिले त्यस्तो व्यवस्था छैन। दुवै महामन्त्री महाधिवेशनबाट निर्वाचित हुन्। 

प्रकाशित मिति: : 2022-01-17 10:47:00

प्रतिकृया दिनुहोस्