आणविक परीक्षणमाथि अमेरिकी प्रतिबन्धको जवाफमा 'बलियो' कारबाही गर्ने उत्तर कोरियाको वाचा

Photo: KCNA/KNS/via AFP-JIJI
Photo: KCNA/KNS/via AFP-JIJI

हाइपरसोनिक क्षेप्यास्त्र परीक्षणहरूले नयाँ सुरक्षा चिन्ताहरू खडा गरेको भन्दै वाशिंगटनले हतियार कार्यक्रम रोक्नको प्रयासमा लगाएको अमेरिकी प्रतिबन्धको बिरुद्ध 'बलियो र निश्चित प्रतिक्रिया' देखाउने उत्तर कोरियाले वाचा गरेको छ।

उत्तर कोरियाको राज्यको आधिकारिक 'कोरियाली केन्द्रीय समाचार एजेन्सीु मार्फत शुक्रबार जारी गरेको विज्ञप्तिमा विदेश मन्त्रालयले प्रतिरक्षा प्रणालीबाट बच्न निर्माण गरिएको उक्त हाइपरसोनिक क्षेप्यास्त्र' हाम्रो वैध अधिकारु रहेको र कोरियाको आणविक र ब्यालिस्टिक हतियार कार्यक्रमहरूलाई अघि बढाउने उत्तर कोरियालीहरूमाथि प्रतिबन्ध लगाउने वाशिंगटनको कदम खतरनाक वृद्धि रहेको बताएको छ।

विदेश मन्त्रालयबाट पठाइएको प्रेषण सामान्यतया बाहिरी संसारमा उत्तर कोरियाको सबैभन्दा महत्त्वपूर्ण सन्देश मानिन्छ। बाइडेन प्रशासनले किम जोङ उनलाई लगभग तीन वर्षदेखि रोकिएको आणविक निशस्त्रीकरण वार्तामा फर्कन दबाब दिइरहेको बेला मन्त्रालयको उक्त वयानले दुई देशविच तनाव बढाएको छ। किमले वार्ताका पहल अस्विकार गर्दै आणविक बमका लागि चाहिने सामग्रीको उत्पादन बढाएको छ र क्षेप्यास्त्र परीक्षण गर्न नयाँ प्रणालीहरूको निर्माण गरेको छ।

'डिपीआरक' को न्यायपूर्ण गतिविधिलाई संयुक्त राष्ट्र सुरक्षा परिषदमा उल्लेख गर्नमा असन्तुस्ट हुदैँअमेरिकाले जानाजानी स्वतन्त्र प्रतिबन्धहरू सक्रिय गरेर स्थितिलाई बढाउँदैछ र यदि अमेरिकाले यस्तो द्वन्द्वात्मक अडान अपनाउने हो भने, डिपीआरकेले यसको लागि कडा र निश्चित प्रतिक्रिया लिन बाध्य हुनेछ,' मन्त्रालयले देशको आधिकारिक नाम, डेमोक्रेटिक जनवादी गणतन्त्र कोरियालाई उल्लेख गर्दै भन्यो।

प्योङयाङले एक साताभन्दा कम अवधिमा उच्च गतिमा बिना चालक उड्ने र लक्ष्यमा सफलतापुर्वक प्रहार गर्न सक्ने दुईवटा मिसाइल परीक्षण गरेपछि अमेरिका र उत्तर कोरियाबीचको तनाव बढेको छ। लगभग दुई वर्षमा पहिलोपटक गत मंगलबार किमले गरेको हतियार परीक्षणको निरीक्षणमा उक्त मिसाइलले 'कर्कस्क्रू' युद्धाभ्यास प्रदर्शन गर्दै १००० किलोमिटर टाढाको लक्ष्यमा प्रहार गरेको कोरियाले दाबि गरेको छ।

अमेरिकी ट्रेजरी डिपार्टमेन्टले देशको हतियार कार्यक्रमलाई सहयोग गर्न बुधबार एक रसियामा र चार चीनमा बस्ने पाँच उत्तर कोरियालीलाई जिम्मा लगाएको छ।

वाशिंगटनले प्योङयाङलाई ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षणबाट प्रतिबन्ध लगाउने संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावको उल्लङ्घन गर्ने कदमको निन्दा गरेको उत्तर कोरियाका लागि अमेरिकी प्रवक्ता सुङ किमले कोरियाको पछिल्लो परीक्षणपछि जापान र दक्षिण कोरियाका आफ्ना समकक्षहरूसँग अलग-अलग वार्तामा जोड दिए। उनले उत्तर कोरियालाई 'स्थिति अस्थिर पार्ने गतिविधिहरू' रोक्न र वार्तामा फर्कन पनि आह्वान गरेको राज्य विभागले बिहीबार बताएको छ।

सन् २०१७ मा आणविक र क्षेप्यास्त्र परीक्षणहरूको लागि सजाय दिन संयुक्त राष्ट्र संघले उत्तर कोरियामाथि लगाएको कडा प्रतिबन्धले किम एक दशक अघि सत्तामा आएका तुलनामा अर्थतन्त्र खस्कने मुख्य कारक बनेको छ। बाइडेन प्रशासनले आणविक हतियार कार्यक्रमलाई समाप्त गर्ने कदमहरूका लागि आर्थिक पुरस्कार प्रदान गर्न सक्ने संकेत गरेको छ।

उत्तर कोरियाली विदेश मन्त्रालयले अमेरिकालाई प्रतिबन्धहरूको साथ 'गुण्डा जस्तो' तर्क प्रयोग गरेको आरोप लगाएको र वाशिंगटनले वार्तामा चासो नदेखाएको बताएको छ।

[एजेन्सीको सहयोगमा]

प्रकाशित मिति: : 2022-01-15 06:19:00

प्रतिकृया दिनुहोस्