पृथ्वीनारायण शाहको ३०० औं जन्मजयन्ती मनाइँदै (भिडियो)

पृथ्वीनारायण शाहको ३००औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। 

सो अवसरमा आज सिंहदरबार पश्चिम मूलद्वारमा अवस्थित पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पणको कार्यक्रम राखिएको छ।

जयन्तीका अवसरमा कुनै कार्यक्रम नगरिए पनि राष्ट्रपति भण्डारी पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न पुगेकी थिइन्।

पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नका लागि सर्वसाधारणसमेत पुगेका छन्। 

पृथ्वी जयन्तीका अवसरमा सार्वजनिक बिदा दिन तथा राष्ट्रिय एकता दिवसका रुपमा मनाउन माग हुँदै आए पनि सरकारले भने ती मागलाई वास्ता नगरेको सहभागीले बताएका छन्।

नेपाल एकीकरणमा पृश्वीनारायण शाहको अबिस्मरणीय योगदानका कारण नेपालमा राजाको जरुरी रहेको उनीहरुको भनाई थियो। कार्यक्रममा  गणतन्त्रको विरोध गर्दै राजसंस्थाको पुन स्थापनाको माग गर्दै बाइक र्याली समेत भएको  थियो। 

प्रकाशित मिति: : 2022-01-11 15:18:00

प्रतिकृया दिनुहोस्