बिएल संवाददाता
मोरङको लेटाङ नगरपालिका-२ फँडानीमा एक पुरुषको सोमबार राति हत्या भएको छ।
६० वर्षीय प्रेमबहादुर बुढाथोकीको हत्या भएको हो। हत्या आरोपमा प्रहरीले राति ८१ वर्षीय डम्बरबहादुर भुजेललाई पक्राउ गरेको छ।
बुढाथोकीको शव भुजेलको आँगननजिकै भेटिएको थियो। बेलुका घरबाट शव घिसारेर बाँसघारीसम्म लैजाँदै गर्दा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।
स्थानीय शिक्षक राजेन्द्र खतिवडाका अनुसार बुढाथोकीको टाउकोमा बन्चरोको पछाडिपट्टीको भागले हानेको जस्तो देखिन्छ।
मृतक बुढाथोकी केही दिनयता हत्या आरोपी भुजेलको घरमा बसेका थिए। सोमबार बेलुका उनीहरूले सँगै मदिरा सेवन गरेको स्थानीयले बताएका छन्।
मदिरा सेवनपछि उनीहरूबीच विवाद भएको र विवादपछि बन्चरो प्रहार गरी हत्या गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया