राज्य संयन्त्रलाई घुँडा टेकाउन आगो बाल्ने तयारीमा छौं : अध्यक्ष ढकाल [अन्तर्वार्ता]

Breaknlinks
Breaknlinks

मजदुरकै आडमा देशमा ठूलठूला आन्दोलन भए। जसकाे कारण मुलुकमा आमुल परिर्वतन पनि भयो। २ सय ४० वर्षसम्म जरा गाडेर बसेको ‘राजतन्त्र’ हटाउनेदेखि देशमा गणतन्त्र स्थापना हुँदासम्म मदजुरको भूमिका महत्वपुर्ण रह्यो।

राजनीतिक दलका सभा सम्मेलनमा हुने भाषणमा समेत मजदुरकै कारण आज देशमा आमुल परिर्वतन आएको भन्दै नेताहरु लम्बा भाषण गर्न पछि पर्दैनन्। तर तिनै नेताहरु ठाउँमा पुगेपछि मजदुरले लगाएको गुन बिर्सने गरेका छन्।

२०७४ सालमा देशमा जनताको भविष्य कोर्ने खालका संविधान जारी भयो। देशैभर खुशीयाली मनाइयो। तर त्यो खुशी सबै नेपालीका लागि भने लामो समय टिक्न सकेन।

देशमा संविधान जारी भयो, नयाँ ऐन कानूनहरु बने। तर निजि क्षेत्रको सुरक्षामा खटिने सेक्युरिटी मदजुरका लागि भने अझै विभेद जारी छ। श्रम ऐन २०७४ मा उल्लेख भएका र पाउनुपर्ने न्यूनतम सेवा सुविधाहरुबाट समेत सेक्युरिटी मजदुर बञ्चित छन्।

तिनै अधिकार प्राप्तिका लागि अहिले मजदुरहरु आन्दोनमा उत्रेका छन्। तर पनि राज्यको जिम्मेवार निकायको ध्यान त्यहाँ पुगेको छैन।

‘देशमा ठूलठूला आन्दोलन भए, तिनै आन्दोलनका कारण मुलुकमा आमुल परिर्वतन भयो। के सेक्युरिटी मजदुरको त्यसमा भूमिका छैन? यो कुरा राज्य संयन्त्रले बुझ्नुपर्दैन?’, अखिल नेपाल सेक्युरिटी मजदुर संघका अध्यक्ष लक्ष्मीप्रसाद ढकालले प्रश्न गर्दै भने, अब यस्तै हो भने हामी सडक तताउँछौँ।’
‘हिजो हाम्रै आडमा भएको आन्दोलनले देशमा यत्रो परिर्वतन भयो। देशमा नयाँ संविधान जारी भयो, तर मजदुरका समस्या जस्ताको त्यस्तै छ’, अध्यक्ष ढकालले भने। उनका अनुसार नेपालमा अहिले करिब २ लाख बढी  सेक्युरिटी मजदुर विभिन्न क्षेत्रमा कार्यरत छन्।

राज्य संयन्त्रको बेवास्ताका कारण सेक्युरिटी कम्पनीको मनोमानी रहेको अध्यक्ष ढकालको भनाई छ।

मदजुर आयोग गठन गर्नु अहिलेको आवश्यकता रहेको भन्दै अध्यक्ष ढकालले त्यसका लागि आफूहरु लागी परेको बताए। ‘हामी अहिले सम्बन्धित निकायको ध्यानाकर्षण गराउने क्रममा छौँ। यदि यो भएन भने हामी भोलिका दिनमा आन्दोलनमा उत्रन बाध्य हुनेछौं’, अध्यक्ष ढकालले भने।

इजाजतबिना खोलिएका सेक्युरिटी कम्पनी बन्द गर्नुपर्ने, श्रम ऐनमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ को कायान्वयन गर्नुपर्ने, मजदुरकै पक्षमा २०७७ साल पौष २२ गते सर्वोच्चद्वारा जारी अन्तरिम आदेशको कार्यान्वयन गर्नुपर्नेलगाएतका माग पुरा नभए सडक तताउने र त्यसका लागि आफूहरु तयारी अवस्थामा रहेको अध्यक्ष ढकालको दाबी छ।

यी र यस्तै विषयमा अध्यक्ष ढकालसंग बिएल नेपाली सेवाले गरेको कुराकानी।

प्रकाशित मिति: : 2022-01-10 18:25:00

प्रतिकृया दिनुहोस्