'केयरगिभर' मा इजरायल जान कहिलेदेखि पाइन्छ?

पहिलो लटमा कति जानेछन्?

सेतोपाटी

काठमाडौँ

आगामी माघ भित्रमा नेपाली श्रमिकहरू इजरायल 'केयरगिभर'मा जान पाउने भएका छन्।

वैदेशिक रोजगार विभागका निर्देशक डम्बर सुनुवारका अनुसार जनवरीदेखि फेब्रुअरीभित्र केयरगिभरमा श्रमिक पठाउनेगरी तयारी भइरहेको छ।

विभागले मंसिर २७ गते सूचना जारी गर्दै इजरायलका लागि दीर्घकालीन स्याहार केन्द्रमा पठाइने नेपाली सहायक कामदार पदका लागि छनोट भएकामध्ये २२९ जनाको करार सम्झौता रोजगारदाताबाट हस्ताक्षर भइ प्राप्त भएको जानकारी दिएको छ। 

त्यसपछि क्रमशः पुस ३ गते १६६, पुस ७ गते १५८,पुस १३ गते ३३ र १८ गते २८ जनाको करार सम्झौता प्राप्त भएको विभागले जनाएको छ। हालसम्म ६१४ जनाले करार सम्झौता पाएका छन्।

प्रकाशित मिति: : 2022-01-05 12:50:00

प्रतिकृया दिनुहोस्