औषधिमा लुटतन्त्र, कारबाही खोइ ?

नागरिक दैनिक

ईश्वरी सुवेदी

संसद्मा सबैभन्दा ठूलो दल नेकपा एमालेले एकजना सांसदबाट १३ हजार रूपैयाँको दरले लेबी लिने गरेको छ। प्रतिनिधिसभामा ९८ र राष्ट्रियसभामा २६ गरी १२४ सांसद भएको एमालेले सांसदको लेबीवापत महिनामा १४ लाख ८८ हजार रूपैयाँ जम्मा गर्ने गर्छ।

नेपाली कांग्रेसले पनि २०७० सालदेखि सांसदसँग लेबी लिन थालेको छ। प्रतिसांसद १० हजार रूपैयाँ लेबी लिँदै आएको कांग्रेसले प्रतिधिधिसभामा ६१ सांसद र राष्ट्रियसभाका ७ गरी ६८ सांसदबाट प्रतिमहिना ६ लाख ८० हजार रूपैयाँ लिने गर्छ। कांग्रेसका प्रतिनिधिसभाका २ सांसद निलम्बनमा रहेकाले ६१ सांसदबाट मात्रै लेबी लिने गरेको हो।  

नेकपा माओवादी केन्द्रले १२ हजार रूपैयाँका दरले लेबी लिने गर्छ। प्रतिनिधिसभाका ४९ र राष्ट्रियसभाका १३ गरी ६२ सांसदको प्रतिमहिना ७ लाख ४४ हजार रूपैयाँ लेबी काटिने गर्दछ।  

नेकपा एकीकृत समाजवादीले पनि १२ हजार रूपैयाँका दरले लेबी लिने गरेको छ। प्रतिनिधिसभातर्फ २३ र राष्ट्रियसभातर्फ ४ जना गरी २७ सांसदबाट नेकपा एकीकृत समाजवादीले ३ लाख २४ हजार रूपैयाँ लेबी उठाउने गर्छ।  

जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका सांसदले भने १५/१५ हजार रूपैयाँ लेबी तिर्ने गर्दछन्। जनता समाजवादी पार्टीले प्रतिनिधिसभाका २१ र राष्ट्रियसभाका २ गरी २३ जना सांसदबाट ३ लाख ४५ हजार लेबी लिने गर्दछ। लोकतान्त्रिक समाजवादी पार्टीले प्रतिनिधिसभातर्फ १३ र राष्ट्रियसभातर्फ १ गरी १४ सांसदको २ लाख १० हजार रूपैयाँ लेबी उठाउने गर्छ।  

राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका सांसदले भने आफूले पाउने पूरै रकम पार्टीको खातामा पठाउने गर्छन्। सांसदले पारिश्रमिकवापत ५५ हजार २ सय ३० रूपैयाँ पाउने गर्छन्।  

प्रकाशित मिति: : 2022-01-03 09:29:00

प्रतिकृया दिनुहोस्