महामारीले जुराएको पहिरन

कोभिड– १९ले विगत दुई वर्षमा धेरैजसो मानिसको जीवन प्रभावित बनाएको छ । हाम्रा कार्यालय र घरहरू पुस्तौँमा हुने परिवर्तनबाट गुज्रिरहेका छन्। हामीले लगाउने पहिरन पनि बदलिइरहेको छ। सँगसँगै पहिरनको छनोटले कसरी हाम्रो मूल्यलाई प्रतिबिम्बित गर्छन् र अर्थतन्त्रलाई समेत प्रभावित बनाउँछन् भन्नेमा पनि परिवर्तन भइरहेको छ। आगामी दिनमा पनि मास्कको प्रयोग र सुरक्षित जीवनशैलीले निरन्तरता पाउनेछ।

रोचक त के भने महामारीका कारण सिर्जना भएको जीवनशैली मुस्लिम परम्पराअनुरूप बाँचिरहेकाले सधैँ पालना गर्दै आएका थिए। आडम्बरविहीन जीवनशैली पनि भनिने मुस्लिम पहिरनको बजार झन्डै २० खर्ब डलरको छ।

मुस्लिमहरू सम्मानित जीवनका लागि सुन्दरतासँगै शिष्टतालाई पनि अंगीकार गर्छन्। महामारीमा धेरै मानिसले अनुहार ढाकेर हिँड्न थालेका छन्। मेरो विश्वासमा यसले इस्लामिक फेसनले सधैँ प्रदान गर्दै आएको फाइदालाई प्रकाश पारेको छ। यसले इस्लामिक पहिरनप्रति कायम पूर्वाग्रहको भावनालाई हटाउन पनि सघाउन सक्छ। मलाई के विश्वास छ भने यसले इस्लामिक फेसनलाई थप विश्वव्यापी बनाउन सघाउनेछ।

प्रकाशित मिति: : 2022-01-02 13:46:00

प्रतिकृया दिनुहोस्