बाछिटाको छिटामा सिङ्गो जीवन भेटिन्छ: अम्बिका धिताल [भिडियाेसहित]

Breaknlinks
Breaknlinks

साहित्यकार हुन्, अम्बिका धिताल (हुमागाईं)। उनी गजल, कविता, मुक्तक, बाछिटा, हाइकु तथा लघुकथालगायतका विषयमा कलम चलाउँछिन्।

काभ्रेकाे धुलिखेलमा वि.सं. २०४४ सालमा जन्मिएकी उनी बाल्यकालदेखि नै साहित्यमा असाध्यै रूचि राख्थिन्। माध्यामिक तह नेपाली, व्याकरण रचना बोध र अभिव्यक्ति (२०७४), त्रिरत्न बाछिटा सङ्ग्रह सह–लेखन (२०७७) इन्द्रेणी बाछिटा सङ्ग्रह सह–लेखन (२०७७) अक्षय बाछिटा सङ्ग्रह (२०७८) उनका प्रकाशित कृति हुन्।

नेपाली साहित्यमा भर्खरै मात्रै प्रवेश गरेकाे बाछिटा विधाअन्तर्गत राष्ट्रिय बाछिटा प्रतिष्ठान, नेपालको कोषाध्यक्ष तथा शब्दयात्रा नारी स्रष्टा समाज बनेपाको सदस्यका रुपमा संस्थागत रुपमा उनी संलग्न छिन्।

शिक्षण पेसामा आबद्ध उनी पछिल्लाे समय बाछिटा लेखनमा सक्रिय छिन्। उनले बाछिटामा सिङ्गाे जीवन भेट्न सकिने बताउँछिन्। उनै साहित्य तथा बाछिटाकार धितालसँग बिएल नेपाली सेवाकाे लागि सुनैना पन्थीले गरेकाे कुराकानी प्रस्तुत छ:

भिडियाे:

प्रकाशित मिति: : 2022-01-02 16:33:00

प्रतिकृया दिनुहोस्