३ लाख ६३ हजार किलो 'अफिमको दाना' कसरी भित्रियो नेपाल? लेखराज भट्ट मन्त्री हुँदाको निर्णयले फैलाउने त होइन लागु औषधको खेती?

पहिलोपोष्ट

काठमाडौँ

'नियमित भन्दा फरक केही सामान आइरहेको छ। लागु औषधि पनि हुनसक्छ।'

गएको कात्तिक पहिलो साता प्रहरीलाई सुचना आयो विमानस्थलबाट। लागु औषध नियन्त्रण व्यूरोको टोली त्रिभुवन विमानस्थलको भन्सार कार्यालयतिर लाग्यो।

प्रहरीलाई लागु औषध नै भएको सुचना चाहिँ आएको थिएन। सबै कानुनी प्रकृया पूरा गरेर तोकिएको कोटामा आएको पोस्तादाना (अफिमको बियाँ) भन्ने थियो। यही बियाँ लागु औषध त होइन? प्रहरीले अनुसन्धान सुरु गर्नु अघिको आशंका यही थियो।

अनुमतिका सबै प्रकृया पूरा गरेर भित्रिएको पोस्तादाना (अफिमको बियाँ) अङ्कुरण हुने प्रकारको भेटिएको छ। विभिन्न कम्पनीले विदेशबाट आयत गरिएको पोस्तादाना उम्रिने खालको रहेको खुलेको छ। मिठाइमा प्रयोग हुने पोस्तादान उम्रिने गुणको भेटिएपछि यो विषय अहिले प्रहरीको अनुसन्धानमा तानिएको छ। यसरी भित्र्याइएको पोस्तादान उम्रियो भने अफिमको बिरुवा बन्छ। अफिस लागु औषध हो जसको नेपालमा खेती गर्न निषेध छ।

प्रकाशित मिति: : 2021-12-29 12:15:00

प्रतिकृया दिनुहोस्