अब कसरी हुन्छ पुनर्निर्माणको बाँकी काम ?

लोकान्तर

अजय अनुरागी

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण शुक्रवारबाट औपचारिक रूपमा निष्क्रिय भएको छ ।

२०७२ वैशाख १२ गतेको महाभूकम्पले भत्काएका संरचना पुनर्निर्माणका लागि २०७२ पुस १० गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको स्थापना गरिएको थियो ।

६ वर्षपछि पुनर्निर्माण प्राधिकरण औपचारिक रूपमा विघटन भएको हो । पुनर्निर्माण प्राधिकरणले गरिरहेको काम अब राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गर्नेछ ।

गृह मन्त्रालयको पुरानो भवनमा रहेको विपद प्राधिकरणको कार्यालय नै पहिलेको पुनर्निर्माण प्राधिकरणमा सरेको छ।

पुनर्निर्माण प्राधिकरणले छाडेको अधुरो कामको रेखदेख गर्नेदेखि तथ्यांकसम्म सुरक्षित राख्नु पर्ने जिम्मेवारी विपद प्राधिकरणमा सरेको छ ।

गृह मन्त्रालयको पुरानो भवन भत्काएर नयाँ बनाउनु पर्ने भएकाले विपद प्राधिकरणको कार्यालय नै सरेर अब पुनर्निर्माण प्राधिकरणको कार्यालयमा पुगेको हो ।

प्रकाशित मिति: : 2021-12-26 12:50:00

प्रतिकृया दिनुहोस्