रतुवामाईका ३२ परिवारलाई निशुल्क ट्युवेल वितरण

File Photo
File Photo

इटहरा खानेपानी उपभोक्ता समितिमार्फत मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ९ का ३२ विपन्न घर परिवारलाई ट्युवेल  वितरण गरिएको छ। समितिका अध्यक्ष तथा नेकपा एमाले जिल्ला कमिटी सदस्य मेघनाथ शर्मा कट्टेलको पहलमा ट्युवेल वितरण गरिएको हो।

वडाको लुङगेली टोल ,भौडाहा र नयाँबस्तीमा ट्युवेल वितरण गरेको इटहरा खानेपानी उपभोक्ता समितिले जनाएको छ।

आफ्नो घरमा ट्युवेल नभएका कारण समस्यामा परेका विपन्न परिवारहरुको खानेपानी समस्या सामधानका लागि विभिन्न संघसंस्था र दाताहरुको सहयोगमा निशुल्क ट्युवेल वितरण गरिएको समितिका अध्यक्ष कट्टेलले बताए।

ट्युबेल आवश्यक भएका घरपरिवारबाट निवेदन माग गरी प्राथमिकताका आधारमा अति विपन्न परिवारलाई पहिलो चरणमा ट्युवेल वितरण गरिएको र निवेदन दिएर ट्युवेल पाउन बाँकी रहेकासाथै अन्य विपन्न परिवार पहिचान गरी पुनस् वितरण गरिने पनि अध्यक्ष कट्टेलले बताए।

प्रकाशित मिति: : 2021-12-26 11:56:00

प्रतिकृया दिनुहोस्